• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पहिरोले बगाएको दुईवटा बस त्रिशुली नदीमा बेपत्ता  

पहिरोले बगाएको दुईवटा बस त्रिशुली नदीमा बेपत्ता  
न्यूज टुडे 
राजविराज, २८ असार । 
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा शुक्रबार लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। काठमाडौबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौ जाँदै गरेको एन्जल बस विहान ०३: ३० बजे त्रिशुलीमा खसेको हो । 
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको उनले जानकारी दिए ।
प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। “हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले समस्या भइरहेको छ”, उनले भने, “उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।”
पहिरोले बगाएको बसको खोजी कार्य जारी रहेको बताउँदै  उनले बस अझै फेला नपरेकाले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताए।