न्यूज टुडे
राजविराज, २७ असार ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजन कलष्टर इकाई राजविराजद्वारा राजविराजमा बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । कलष्टर इकाई राजविराजका प्रमुख रामसौगारथ साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका विच सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले खाध तथा पोषण सुरक्षा सुधार आयोजना कृषि क्षेत्र तथा किसानका लागि अति आबश्यक रहेको बताए । उनले आयोजना मार्फत किसानहरुलाई कृषी औजार हस्तान्तरण तथा खाद्य तथा पोषण बारे जनजागरण, प्राविधिक ज्ञानसीप प्राप्त हुँदा समेत त्यसबाट फाईदा उठाउनु नसक्नु दुर्भाग्य भएको बताए ।
“अनुदान पाउंँदा समेत त्यसबाट किसानले फाईदा लिनु नसक्नु दु:खद पक्ष हो”, उनले भने” सरकारले सेवादिन आउँदा समेत लिन नसक्नु सेवाग्राहीको ठूलो कमजोरी हो, लिनुलिनु भन्दा पनि नलिनु योभन्दा दुखको कुरा के हुन्छ ? ।”
आयोजनाले किसानहरु बढी लाभान्वित हुने भएकोले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै उनले प्राप्त कृषी औजारको उपयोग गरी फाईदा उठाउन कृषक, पशुपालन तथा आमा समुहलाई आग्रह गरे ।
विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्त कुमार मण्डलले गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना संचालन गरेकोमा स्थानीय किसानहरु बढी लाभान्वित भएको बताए । छ बर्षसम्म संगै किसानहरू माझ काम गर्दा प्राविधिक ज्ञान आदानप्रदान गर्ने अवसर मिलेको स्मरण गर्दै उनले आयोजनाको समयअवधि समाप्त भएकोमा दुख व्यक्त गरे ।
अध्यक्षताको आषणबाट बोल्दै आयोजना प्रमुख साहले सत प्रतिशत वित्तीय प्रगति गर्ने लक्ष्य लिएर आयोजना संचालन गरिएकोमा ७६ . ५ प्रतिशत मात्र वित्तीय प्रगति गर्न सफलता हाँसिल भएको बताए । उनले छ बर्षे अवधिमा आयोजना सफलताका लागि सहयोग पुर्याउने कृषि समुह, पशुपालन समुह, आमा समूह तथा विभिन्न शाखाका कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा राजगढ गाउँपालिकाकी कृषि शाखा प्रतिनिधि राधा यादव, किसान मिना खातुनले आयोजनाबाट राम्रो उपलब्धि हाँसिल भएको बताइन् ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजन कलष्टर राजविराजका पशुविकास अधिकृत विनयविक्रम रत्नद्वारा संचालित कार्यक्रममा स्वागत कृषि अधिकृत विनय कुमार मण्डलले गरे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा विष्णुपुर गाउँपालिका र राजगढ गाउँपालिकाका कृषी, पशु, स्वास्थ्य शाखाका कर्मचारीहरु, पत्रकारहरु,कृषि समुह, आमा समुह र पशुपालन समुहका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
नेपाल सरकारसंग २०७५ कार्तिक २८ गते सम्झौता गरी विष्णुपुर र राजगढ गाउँपालिका २०७५ असार देखि २०८० असारसम्म आयोजना संचालन गर्ने सम्झौता भएपनि १२ महिना थपेर २०८१ असारसम्म ६ बर्ष खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना संचालन गरिएको थियो ।
विष्णुपुर गाउँपालिकाको ७ वटै वडामा १ सय ६८ र राजगढ गाउँपालिकाको ६ वटै वडामा १ सय ८२ वटा समूह गठन गरी आयोजना संचालन गरिएको आयोजन कलष्टर इकाई राजविराजले जनाएको छ ।
उक्त आयोजना महादेवा र छिन्नमस्ता गाउँपालिकामा २०७५ श्रावणदेखि सुरु हुने खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजन कलष्टर इकाई राजविराजका पशु विकास अधिकृत विनय विक्रम रत्नले जानकारी दिए ।