• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, ३९ वटा ढोका खुल्ला 

सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, ३९ वटा ढोका खुल्ला 
उत्तम आचार्य
कञ्चनरूप, २२ असार ।
सप्तकोशीको जलसतह यस वर्षकै सबैभन्दा उच्च भएको छ । जलसतह उच्च भएपछि  खतराको संकेत रातोबत्ती बालेर शनिबार ५६ मध्ये ३९ ढोका खुल्ला गरेको हो । 
साँझ ६ बजे कोसी ब्यारेजमा पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ३ हजार ८ सय ६० क्युसेक जलसतह मापन गरिएको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । 
अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन् । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
 पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको कोशी व्यारेज कन्ट्रोल रुम प्रशासनले जनाएको छ । 
सप्तकोसीमा पानीको बहाव बढेपछि आसापासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।सप्तकोशीमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ।