• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रामराजा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले मनायो तेश्रो वार्षिकाेत्सव

रामराजा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले मनायो तेश्रो वार्षिकाेत्सव
न्यूज टुडे
राजबिराज, २२ असार ।  
रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानले  शिलान्यास समाराेहकाे तेस्राे बार्षिकाेत्सव मनाएकाे छ। रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को पूर्वाधार तथा विकास समिति र गजेन्द्र नारायण सिँह अस्पतालकाे संयुक्त आयाेजनामा शनिबार रन फाेर हेल्ड प्रतियाेगिताको आयाेजना गरी बार्षिकोत्सव मनाएको हो। 
राजबिराज स्थित राजदेबी मन्दिरकाे प्रागणवाट प्रतिष्ठान पुर्वाधार समिति र अस्पतालका चिकित्सक, राजनितिक दल, अस्पतालका कर्मचारी, समाजसेवी, स्थानीयहरूले स्वास्थ्यका लागि दाैड भन्दै बार्षिकोत्सवमा सहभागिता जनाएकाे थियाे। 
उक्त अवसरमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को पूर्वाधार तथा विकास समितिका अध्यक्ष डा. पशुपति चौधरीले प्रतिष्ठानकाे काम अगाडि बढि सकेकाेले जिल्लावासीलाई जनचेतना, सम्झनाकाे लागि तेस्राे बार्षिकाेत्सव मनाईरहेकाे बताए।  प्रतिष्ठानको ऐन निर्माणमा ढिलाई हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अब निर्माण कार्यले गती लिने उनले बताए ।
प्रतिष्ठान भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागी सम्झौता भएसँगै राजविराज नगरपालिका वडा नम्बर १० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ विघा जग्गामा निर्माण कार्य अगाडि बढेकाे छ। 
प्रस्तावित जग्गाको घेरवार, वातावरणीय प्रभाव मुल्याँकन, भुमिको अवस्था, माटोको परिक्षण लगायतको काम यस अघि नै सकाएको प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीले डीपीआरको काम समेत अघि बढाएको छ ।  
राजविराज नगरपालिका– १० मा बन्ने प्रतिष्ठानलाई ३० वर्षका लागि ६२ बिघा जग्गा नगरपालिकाले उपलब्ध गराएकाे छ। प्रतिष्ठानको नाममा जग्गा आएपछि ०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेका थिए ।  
स्वास्थकाे लागी दाैड( run for health) प्रतियाेगितामा पुर्व सासंद सुर्यनाथ यादब, बिकास समितिका अध्यक्ष डा. पशुपति चाैधरी, अस्पतालका निमित मेसु डा. नागेन्द्र यादब, जसपा नेपालका युवा नेता दिनेश यादब, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, सप्तरीका अध्यक्ष अजय कुमार झालगायत अस्पतालका चिकित्सकहरूले  सहभागिता जनाएका थिए। 
दाैड प्रतियाेगितामा डा. कृष्णदेव ठाकुर पहिलो, डा. रोशन कुमार मिश्रले दोश्रो र  संजय कुमार साहले तेस्रो  स्थान प्राप्त गरेका थिए। 
यसैगरी महिला तर्फ अस्पतालका स्टाफ नर्स मालती बुढाथोकी प्रथम संगीता मण्डल दोश्रो र मनिषा सिमखडाले तेस्रो तथा राजनीती दल तर्फ  सुर्यनाथ यादव पहिलो दिनेश यादव दोश्रो र शत्रुधन प्रसाद शाहले तेस्रो  स्थान प्राप्त गरेकाे अस्पतालका धिरेन्द्र सिँहले जानकारी दिए।