• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महदेवामा नहरमा डुवेर युवक वेपत्ता, खोजी कार्य जारी 

महदेवामा नहरमा डुवेर युवक वेपत्ता, खोजी कार्य जारी 
न्यूज टुडे
राजविराज, २१ असार ।
सप्तरीको कोशी पश्चिमी नहरमा डुबेर शुक्रबार दिउँसो एक युवक बेपत्ता भएका छन् । सप्तरीको महदेवा गाउँपालिका ३ वथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यका अनुसार विद्युत्‌को पोल जडान गर्ने क्रममा उनी महदेवा नजिक कोशी पश्चिमी नहरमा डुबेका थिए ।
साँझ साढे ४ बजे तिर नहरमा डुबेर बेपत्ता भएका युवकको सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेको एसपी बज्राचार्यले जानकारी दिए ।