सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ घोघिदाहामा शुक्रवार संचालित निशुल्क स्वास्थ्य शिविरमा २ सय ५० जनाले स्वास्थ्य जाँच गराएको छ । अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ नम्बर वडा कार्यालयको आयोजना तथा न्यन्सी अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि जण्डौलको सह- आयोजना स्वास्थ्य शिविर संचालन गरिएको हो ।
शिविरमा सहभागी चिकित्सकलाई कदर पत्र प्रदान गर्दै अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
शिविरमा दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकद्वारा हार्ड जोर्नी, नसा , नाककान, छाला, आँखा, स्त्रीरोग,पेट छाती तथा बालरोग सम्बन्धि चेक जाँच गरिएको आयोजकले जनाएको छ ।
विहान ११ बजेदेखि साँझ ५ बजेसम्म संचालन गरिएको स्वास्थ्य शिविरबाट २ सय ५० जना विभिन्न रोगका विरामीहरुले निशुल्क स्वास्थ्य जाँच गराई सेवा लिएको अग्नीसाईर कृष्णासवरन १ नम्बर वडा कार्यालयले जनाएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै गाउँपालिका अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
सशस्त्र प्रहरी बल नेपाल,दन्तकाली विषेश कार्य तालिम शिक्षालय बरमझिया र मधेस प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीको सौजन्यमा संचालित शिविरमा डा. प्रमोद कुमार साह,डा. अमित कुमार यादव, डा. सिशिर साह, डा. प्रेम यादव, डा. अशोक गोइत,दिवाकर चौधरी,भिम कान्त साह,सुरेश कुमार साहलगायतका स्वास्थ्यकर्मीको टोलीले विभिन्न रोगीहरुको निशुल्क स्वास्थ्य जाँच गरेको सह आयोजक न्यान्सी होस्पिटल एण्ड रिसर्च सेन्टर जण्डौले जनाएको छ ।
उक्त अवसरमा शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अग्नीसाईर कृष्णावारन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।