न्यूज टुडे
राजविराज, २१ असार ।
धर्मीहल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा सप्तरीको बिष्णुपुर गाउँपालिका-१ थलहीका एक अग्नी पीडित परिवारलाई राहत वितरण गरेको छ । स्थानीय अग्नीपीडित हलिमा खातुनको परिवारलाई शुक्रबार क्लबद्वारा राहत वितरण गरेको हो ।
संस्थाको तर्फबाट संस्थाको अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले सहयोग स्वरुप त्रिपाल,भाडाकुडा, म्याट्रेस,बाल्टिन, मग लगायतका सामाग्रीहरू पीडित परिवारलाई प्रदान गरे ।
उक्त अवसरमा बिष्णुपुर -१ का वडा अध्यक्ष बलराम यादव,मदरसा फैजुल इस्लामिया थलहीका प्रधानाध्यापक मो.शाहजंहा,मो.सुलतान लगायतका स्थानीयहरुको समेत उपस्थिति थियो ।
गत असार १९ गते आगलागी हुंँदा ३ वटा घर, ६थान बाख्रा,१वटा गाई, खाद्यान्न,लुगाफाटा, मोटरसाइकलसहितका सामानहरु जलेर अनुमानित १३ लाख भन्दा बढीको क्षति भएको थियो ।