डाक्नेश्वरी नगरपालिकाकाे सहयाेग तथा फाेडेरल ईन्स्टिच्युट अफ पाेलिसी स्टडीज राजविराजद्वारा सप्तरीको राजविराजमा संचालित स्वच्छ मर्यादित पत्रकारिता एवम् आचारसंहिता सम्वन्धि तीन दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । फेडेरल ईन्स्टिच्युट अफ पाेलिसी स्टडीजका अध्यक्ष निरज कुमार मण्डलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा बिहीवार आयोजित एक समारोहका विच तालिम समापन गरिएको हो ।
सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष देवले तालिमले सप्तरीका पत्रकार र पत्रकारिता क्ष्रेत्रलाई थप बलियो वनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे । पत्रकारिता आचार संहिताताको पुर्ण पालन गरेर पत्रकारिता गर्नुपर्नेमा जोड दिदै उनले अब आउने नयाँ पुस्ता स्थापित पत्रकारहरुको रुपमा रहेकोले मर्यादित तथा जिम्मेवारी पुर्वक आ-आफ्नो मिडियामा रहेर काम गर्न सहभागीहरुलाई आग्रह गरे ।
पत्रकारिता तालिममा सहभागी विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मोहरु । फोटो : न्यूज टुडे
उनले पत्रकारिताको मर्म र भावनालाई आत्मसात गर्दै अगाडि बढ्न निर्देशन दिदै क्रियाशील पत्रकारको संरक्षणमा आफू सधैं उभिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका पुर्व सभापति व्यासशंकर उपाध्यायले सक्रिय सहभागीता जनाएकोमा सहभागीहरुलाई धन्यवाद दिंदै तालिमबाट प्राप्त ज्ञानलाई उपयोग गर्दै पत्रकारितामा उज्ज्वल भविष्यको कामनासहित पुर्ण सफलताको शुभकामना दिए । न्यूज टुडेका कार्यकारी सम्पादक बृजमान तामाङले मर्यादित तथा आचार संहितामा रहेर पत्रकारिता गर्दा आफू सुरक्षित हुने र कार्यक्षेत्रमा सफलता हाँसिल हुने बताए । उनले तालिमले पत्रकार र पत्रकारिता क्षेत्रको गरिमालाई उचाई दिन टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सहभागी नानीमैया कटवालले छोटो समयको तालिमबाट पत्रकारिताको महत्त्वपूर्ण विषयहरु सिक्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरिन । अर्का सहभागी पिण्टु कुमार यादवले तालिमको माध्यमले अग्रजहरुबाट धेरै जीवन उपयोगी ज्ञान प्राप्त भएको बताए ।
विभिन्न संचार माध्यममा सक्रिय २५ जना सहभागी पत्रकारिता तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, पुर्व सभापति व्यासशंर उपाध्याय र विनयलाल कर्णले गरेका थिए।
कार्यक्रममा तालिममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पुर्व सभापति व्यासशंकर उपाध्याय र पत्रकार बृजमान तामाङले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रम संचालन पत्रकार संजिव विक्रम साहले गरेका थिए ।