• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नसर्ने रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

नसर्ने रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

न्यूज टुडे
राजविराज, १९ असार । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर  ५ मा सुरक्षा नेपालद्वारा संचालित नसर्ने रोग संक्रमण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सुरक्षा नेपालको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा आयोजित तीन दिवसीय जनचेतनामूलक कार्यक्रम बुधबार आयोजित एक समारोहका वीच सम्पन्न भएको हो । 

नसर्ने रोगको संक्रमण बारे जानकारी गराउँदै प्रशिक्षकहरु । फोटो : न्यूज टुडे
 सोमबार देखि संचालित कार्यक्रम पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका, श्री जानकी हायर सेकेण्डरी स्कुल, श्री लिटिल एन्जेल्स मोडर्न सेकेण्डरी स्कुल, श्री शिव इन्टरनेश्नल बोर्डिंग सेकेण्डरी स्कुल, श्री महेन्द्र विन्देश्वरी महुमुखी क्याम्पहरुमा छुट्टाछुट्टै  कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
   ‘‘स्वास्थ्य जोगाऔं, जीवन बचाऔं’’ भन्ने मुल नाराका साथ नसर्ने रोग सम्बन्धी प्रभावकारी रुपमा कार्यक्रम गरिएको राजविराज वडा नम्बर ५ का वडाध्यक्ष बन्धुलाल दासले बताए । नसर्ने रोग संक्रमण सम्बन्धित कार्यक्रम अति नै सन्तोषजनक र शान्त वतावरणमा सम्पन्न भएको कार्यक्रममा सहभागी विद्यालयका शिक्षक र शिक्षिकाहरुले बताए । 
“यस्ता कार्यक्रमहरु हाम्रा बालबालिकाहरुको लागि अवसरको विषय हो” एक शिक्षकले भने,”वर्तमानका अबस्थामा नसर्ने रोगबाट अधिकांश व्यक्तिहरु समय अवधी नपुग्दै संसार छोरेर जान बाध्य भएका छन् , स्वास्थ्य जिवनका लागि कार्यक्रम अतिनै उपयोगी भएको छ ।” 
८५ जना सहभागी जनचेतनामूलक कार्यक्रममा नसर्ने रोगहरुबाट कसरी बच्ने बारे प्रशिक्षक स्वास्थ्यकर्मी राकेश कुमार देवले विस्तारमा जानकारी दिएका थिए । 
कार्यक्रममा  वडा अध्यक्ष बन्धु लाल दास, संस्थाका अध्यक्ष संजिव दास, कार्यक्रम संयोजक सर्भेश कुमार झा, कार्यक्रम सह–संयोजक चन्द्रिका चौधरी, शिवशंकर रायलगायत  विद्यायालयका शिक्षक शिक्षकासमेतको उपस्थिति थियो ।