• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तिरहुतका अध्यक्ष र उपाध्यक्षले लिए लाखौं दोहोरो सुविधा

तिरहुतका अध्यक्ष र उपाध्यक्षले लिए लाखौं दोहोरो सुविधा
न्यूज टुडे
राजविराज, १७ असार । 
सप्तरीको तिरहुत गाउँपालिका अध्यक्ष विजय कुमार यादव र उपाध्यक्ष वीणा देवी यादवले पदाधिकारी सुविधाको नाउँमा  गाउँपालिकाबाट लाखौं रकम लिएको खुलासा भएको छ ।  पदाधिकारी सुविधा ऎन २०७७ को दफा ३ विपरीत कानुनले तोकेभन्दा ४ लाख ६ हजार रुपियाँ उनीहरुले  बढी दोहोरो सुविधा लिएको हो । 
गाउँपालिका अध्यक्ष र उपाध्यक्षले  इन्धन सुविधा बावत प्रतिमहिना १४ हजार ५ सयको दरले १४ महिनाको २ लाख ३ हजारको दरले ४ लाख ६ हजार बढी रकम बुझेको महालेखा परिक्षकको प्रतिबेदन २०७९/०८० मा उल्लेख छ । 
अध्यक्ष र उपाध्यक्षले कानुन विपरीत सुविधा लिएको ठहर गर्दै महालेखाले उक्त रकम उनीहरुबाट असुल गर्न सुझाएको छ । 
मधेश प्रदेश सरकारबाट स्वीकृत पदाधिकारी सुविधा सम्बन्धि ऎन २०७७ दफा ३ मा दोहोर नपर्ने गरी तोकिएको सुविधा पाउने व्यवस्था रहेकोमा अध्यक्ष र उपाध्यक्षले सवारी साधान नबुझेको अवस्थामा यातायात खर्च मात्र पाउनेमा  इन्धन सुविधा समेत भुक्तानी गरेकोले दोहोरो सुविधा भुक्तानी भएकोले  उनीहरुले नपाउने सुविधा असुल गरी दाखिला गर्न महालेखाको प्रतिबेदन २०८१ मा भनिएको छ ।  
गाडी सुविधा पाउने अध्यक्ष र उपाध्यक्षले मासिक १ सय लिटर इन्धन पाउने ऎनमा व्यवस्था रहेको छ । तर उनीहरूले कानुनले तोकिएको भन्दा प्रतिमहिना २ सय ७४ लिटर लिने गरेको तथा प्रतिमहिना १ सय ७४ लिटरको दरले बढी इन्न्धन सुविधा लिएको महालेखा प्रतिबेदनमा उल्लेख छ ।