सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न भएको छ । अग्नीसाईर किष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका वीच गाउँसभा सम्पन्न भएको हो ।
बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी । फोटो : न्यूज टुडे
सभामा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले ६० करोड २४ लाख ४७ हजार रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिन ।
जस अनुसार पुंजीगत वित्तीय समानिकरण अन्तर्गत ४३ करोड ३० लाख ४७ हजार र पुंजीगत चालुतर्फ १६ करोड ४४ हजार विनियोजन गरिएको छ ।
प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा कृषि, शिक्षा र सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण,सम्बर्द्धनलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको सबै स्थानमा कृषि विधुतीकरणको पहुँच पुर्याउने तथा कृषि क्ष्रेत्रमा लगानी बढाउंँदै उत्पादन वृद्धि गर्ने, शिक्षा क्षेत्रको विकासका लागी शिक्षक नियुक्ति तथा सरुवा प्रक्रियालाई प्रभावकारी बनाउने, बहुचर्चित इटहर्वा बजारको जग्गासहितका पालिका अन्तर्गतको सार्वजनिक जग्गा तथा सम्पत्तिहरुको संरक्षण गरी उपयोगमा ल्याउने प्रस्तुत बजेट,नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सवजुल खलिफा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ५ का अध्यक्ष हरि खंग, वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्य, महुली सामुदायिक विकास केन्द्र बकधुवाका अध्यक्ष श्यामकान्त चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रशासन शाखा प्रमुख योगेन्द्र प्रसाद यादवद्वारा संचालित कार्यक्रम स्वागत प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले गरे ।