• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रड प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु

रड प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु
न्यूज टुडे
राजविराज, ०८ असार । 
आपसी वादाविवादको क्रममा टाउकोमा रड प्रहार गरी घाइते भएका राजविराज नगरपालिका ४ का  ३० बर्षिय एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । छिमेकी ४६ बर्षिय मो. नासिर ३५ बर्षिय मो. इर्साद अहमद नेतृत्वको समुहको आक्रमणबाट सख्त घाइते स्थानीय मो. औरन्जेव आलमको शुक्रबार उपचारको क्रममा मृत्यु भएको हो । 
गत असार ३ गते बकर इदको कुर्वानी दिने विषयलाई लिएर दुइपक्ष वीच झडप हुँदा आलम गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेको उनको विराटनगर स्थित न्युरो अस्पतालमा शुक्रबार मृत्यु भएको परिवारजनले बताएका छन् । 
कुटपिटबाट राजविराज ३ का २८ बर्षिय सज्जाद आलम, २६ बर्षिय तनवीर आलम,वडा नम्बर ४ का २४ बर्षिय तवरेज आलम समेत घाइते भएका थिए । 
उनीहरु राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारपछि घर फर्कीसकेको मृकक आलमका बुवा मो. हविवले जानकारी दिए । 
कुर्वानी दिने विषयमा सामान्य विवाद हुँदा नासिर र  ईर्साद नेतृत्वको ५- ६ जनाको समूहले अन्धाधुन्ध रड प्रहार गरेको उनले बताए । 
रड प्रहार गर्ने मो. नासिरलाई प्रहरीले नियन्त्रणमा लिएका छन् भने अन्य भने फारर रहेको जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी आबश्यक अनुसन्धान अगाडि बढाएको तथा घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।