• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्येक्ष निर्वाचित हुनुपर्छ : पुर्वमन्त्री यादव

राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्येक्ष निर्वाचित हुनुपर्छ : पुर्वमन्त्री यादव
न्यूज टुडे
राजविराज, ०८ असार । 
नेकपा माओवादी केन्द्रका नेता एवम् पुर्व सिंचाइमन्त्री उमेश कुमार यादवले देशमा प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक संजालमा शनिबार १० बुँदे लामो स्टाटस  सार्वजनिक गर्दै उनलेे यस्तो धारणा राखेका हुन् । 
पुर्वमन्त्री यादवले सामाजिक संजालमा लेख्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपति / प्रधानमन्त्री एवम् प्रदेशमा प्रत्यक्ष कार्यकारी मुख्यमन्त्रीको निर्वाचन एवम् पुर्ण समानुपातिक जनप्रतिनिधि सभा हुनुपर्नेमा जोड दिएको छ ।
उनले उत्पीडित समुदायको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व र प्राकृतिक श्रोतसाधनमाथिको संबैधानिक ग्यारेन्टी गर्नुपर्ने आबश्यकता औल्याएका छन्  । 
बिचार ,दृष्टिकोण,संगठन ,स्वामित्व प्रणालीमा सबैमा उत्पीडित वर्ग र समुदायलाई आत्मनिर्भर र सक्रिय बनाउने  काम इमानदारीका साथ लागु गर्नुपर्ने भन्दै उनले लेखेको स्टाटसमा अगाडि भनिएको छ,.उत्पीडित समुदायको  पहिचान ,पुर्ण समानुपातिक प्रतिनिधित्व ,स्वायत्त र संरक्षित सहित प्राकृतिक श्रोत ,सम्पदा माथिको अधिकारको संबैधानिक ग्यारेन्टी गर्नुपर्ने जोड दिएको छ ।
    
उत्पीडित समुदायलाई छुट्टाछुट्टै प्रशासनिक इकाईमा बाँड्ने र उनीहरुको विरुद्धमा सदियौ देखिको षड्यन्त्रको अन्त्य हुनुपर्ने बताउंँदै उनले अधिकार सम्पन्न संघीयता कार्यान्वयनमा जोड दिएको छ । 
वर्ण ब्यबस्था,जाति ब्यबस्थाको कारणले आफ्नो अधिकारबाट बन्चितहरुलाई क्षतिपूर्ति सहितको जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ ।
सामन्ती अधिनायकवादको ठाउँमा पूंजीवादी अधिनायकवाद होइन की समाजवादको बाटोतर्फ अग्रसरताको ठोस ,स्पष्ट कार्ययोजना सहितको संघर्षको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिदै पुर्व मन्त्री यादवले सार्वजनिक गरेको १० बुँदे धारणामा अगाडि भनिएको छ,बैश्विक पूंजीवादको हमलाबाट जोगिने उपायको खोजी गर्नुपर्ने,पूंजीवादी ब्यबस्थामा कनिष्ठ साझेदार बन्न प्रतिस्पर्धा गर्ने ,पूंजीवादको अगाडि स्वेच्छिक आत्मसमर्पणको  बाटो त्याग गर्नुपर्छ । 
मधेससंगको विभेद , आन्तरिक उपनिवेशको व्यबहार भएको टिप्पणी गर्दै त्यसकोअन्त्य गर्नुपर्ने उनको जोड छ ।