• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पालिकाहरुमा राष्ट्रिय परिचयपत्र वितरण टोली खटिने 

पालिकाहरुमा राष्ट्रिय परिचयपत्र वितरण टोली खटिने 
न्यूज टुडे
राजविराज, ०६ असार । 
सप्तरीको १८ वटै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण टोली खटिने भएका छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा बिहिवार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा जारी सूचनामा स्थानीय तहमा व्यवस्थापन मिलाएकोले आ-आफ्नो स्थानीय तहमा सम्पर्क गरी राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीहरुलाई आग्रह गरेको छ । 
राष्ट्रिय परिचयपत्र सहज रुपमा उपलब्ध गराउन सबै स्थानीय तहमा नै वितरण संकलन गर्ने टोली खटिने व्यवस्था मिलाएको हुँदा आ-आफ्नो स्थानीय तहमा सम्पर्क गरी राष्ट्रिय परिचयपत्र नम्बर लिन जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचना उल्लेख छ।
यसैगरी जिल्ला प्रशासन कार्यालयबाट समेत नियमित रुपमा संकलन तथा वितरण कार्य जारी नहने भएकोले विहान ०८ बजेदेखि नै राष्ट्रिय परिचयपत्र वितरण तथा संकलन  कार्य गरिने सहायक प्रजिअ यादवद्वारा जारी सूचना भनिएको छ ।  
 राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आगामी आव २०८१/०८२ देखि सप्तरी जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको कारण यस कार्यालयमा अस्वाभाविक भिड बढेकोले त्यसलाई व्यवस्थापन गर्न स्थानीय तहहरुबाट राष्ट्रिय परिचयपत्र वितरण तथा संकलनका लागि  टोली खटाइएको सूचना उल्लेख छ ।