• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पालिका स्तरीय समन्वय समितिको संयोजकमा यादव र सदस्य सचिबमा चौधरी

पालिका स्तरीय समन्वय समितिको संयोजकमा यादव र सदस्य सचिबमा चौधरी
न्यूज टुडे
राजविराज,११ बैशाख ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका स्तरीय सहकारी समन्वय समितिको संयोजकका रामी यादव चयन भएका छन् । समितिको प्रारम्भिक ( प्रथम) साधारणसभाले यादवको संयोजकत्वमा ७ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो ।
गठित समितिको सह संयोजकमा देव कान्त चौधरी र सदस्य सचिबमा रमानन्द चौधरी चयन भएका छन् भने समितिको सदस्यहरुमा रामेश्वर प्रसाद चौधरी,सुकदेव चौधरी,नन्दलाल महतो,बिन्तिलाल चौधरी रहेका छन् । 
साधारणसभाले शैलेन्द्र प्रसाद झाको संयोजकत्वमा रामदास चौधरी,कल्पना कोइराला सदस्य रहेको तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति तथा गोविन्द प्रसाद मन्डरको संयोजकत्वमा श्यामसुन्दर जोशी र अभिनन्दन यादव रहेको तीन सदस्यीय ॠण उपसमिति गठन गरिएको सदस्य सचिब चौधरीले जानकारी दिए ।