नर्मदेव यादव,
रुपनी, १ असार ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा सप्तरीको रुपनी गाउँपालिकामा संचलित विभिन्न कृषक समुहको अनुगमन गरेको छ । केयर नेपालको सहयोग तथा रुपनी गाउँपालिकाको समन्वय एवम् राष्ट्रिय कृषक समूह महासंघको आयोजनामा शनिबार गाउँपालिका अन्तर्गतका कृषक समुहहरुको स्थलगत निरीक्षण गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहको नेतृत्वमा रहेको अनुगमन टोलीले समुहमा आवद्ध किसानहरुको घर-घरमा पुगेर समुहको अवस्था बारे जानकारी लिएका छन् ।
साह नेतृत्व टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख शम्भु कुमार यादव,रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव,उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी,वडा नम्बर १ का वडा अध्यक्ष लिला यादव,३ अमर मुखिया ,४ का छेदी इसर, ५ का गंगाराम यादव,६ का बद्री नारायण सरदार,प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादव,लेखा अधिकृत रामचन्द्र पैकरा,पशुशाखा प्रमुख रामगमन साह,कृषी शाखा प्रमुख पुजा कुमारी चौधरी,कृषक समूह महासंघ नेपालका प्रदेश कार्यक्रम संयोजक दिलिप कुमार साह,सदस्य निर्मला चौधरी, लगायतका सहभागी थिए ।
यसैगरी रुपनी गाउँपालिकाका कार्यक्रम संयोजक भुपेन्द्र यादव,,सह-संयोजक तथा रुपान्तरण परियोजना कार्यक्रमका राम नायण महतो,महासंघका पुर्व जिल्ला अध्यक्ष सुखिलाल यादव,पोषण कार्यक्रमका रम्भा कुमारी साह,अभियान्ता चन्द्र्शेखर मण्ड्ल, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि राजेन्द्र साह,सहयोगी राम यादवलगायत २७ जना अनुगमनमा सहभागी थिए।
राष्ट्रिय कृषक समूह महासंघ नेपालले २०७९ सालमा रुपनी गाउँपालिकासंग सम्झौता गरी विभिन्न वडामा कार्यक्रम संचालन रहेको छ। कार्यक्रम अन्तर्गत गाउँपालिका भरी ९४ कृषक समूह गठन गरिएको गाउँपालिकाले जनाएको छ ।
किसानमा बचत कार्यक्रम,कृषक पाठ्शाला,जग्गा करार गरी लिजमा लिएर सामुहिक खेती,मतस्यपालन,जलवायु मैत्रीकृषि अभ्यास कार्यक्रमहरु संचालनमा रहेको रुपनी गाउँपालिका कार्यक्रम संयोजक भुपेन्द्र यादवले जानकारी दिए। समुहमा आवद्ध सदस्यहरुले पोषण कार्यक्रम अन्तर्गत हांँस पालन गरेर अण्डा उत्पादन गरी बिक्री गरेर बचत पनि गरेको उनले बताए ।
अर्गानिक विधिद्वारा विषादी प्रयोग नगरी सामुहिक तरकारी खेती, साग, काँकरा , केरा, बोडी लगायतको उन्नत जातको तरकारी उत्पादन भइरहेको स्थानीय किसानहरुले जानकारी दिए ।
टोलीले १, ५ र ६ वडामा रहेको कृषक समुहको बारेमा र समूहहरुमा रहेको समस्या तथा समाधानको विषयमा कृषक समुहमा आवद्ध किसानहरूसंग जानकारी लिएका थिए।