• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बाताबरण संरक्षणमा सरकारलाई घचघच्याऔंः पूर्व राष्ट्रपति भण्डारी

बाताबरण संरक्षणमा सरकारलाई घचघच्याऔंः पूर्व राष्ट्रपति भण्डारी
व्यासशंकर उपाध्याय 
काठमाण्डौं,३१ जेठ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विनाश हुँदै गएको बातावरण संरक्षणकालागि सञ्चार क्षेत्र लगायत सबै सरोकारवाला पक्षले सरकारलाई घचघच्याउनु पर्ने कुरा बताएकी छिन् । बिहीबार ललितपुरको खुमलटारमा मेची महाकाली मिडिया सोसाईटी र कानूनी परामर्श तथा अनुसन्धान केन्द्रले आयोजना गरेको एक्काइसौं सताब्दीमा जलवायू परिवर्तन र प्रेस विषयक कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । 
जलवायू परिवर्तन विश्वकै चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले नेपाल पनि यसबाट अछुतो रहन नसकेको भए पनि त्यस क्षेत्रमा काम गर्ने निकायलाई सरकारी स्तरबाटै अप्ठ्यारो पार्ने काम भईरहेका कारण सोचे जस्तो उपलब्धि हासिल हुन नसकेको उनको कथन थियो । 
पूर्व राष्ट्रपतिले राष्ट्रपति चुरे संरक्षण तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई यस सम्बन्धि कामको जिम्मा दिइएता पनि काम गर्ने बेलामा हातखुट्टा बाँध्ने गतिबिधि भईरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले त्यसकालागि आवश्यक बजेट समेत नदिएका कारण काम गर्न नसकिएको बारे आफूलाई जानकारी रहेको बताईन् ।
 मेची महाकाली मिडिया सोसाईटीका अध्यक्ष माधव शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा कास्की क्षेत्र नं.१का प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ्ग,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा.किरण पौडेल,नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न जिल्लाका ६० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।