सप्तरीको राजबिराजमा जेठ ३२ देखि असार १ गतेसम्म सप्तरी बिचार उत्सब हुने भएको छ । विणा फाउण्डेशनको आयोजना तथा राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका र सप्तरी युथ नेपालको सह- आयोजनामा २ दिने सप्तरी बिचार उत्सब हुने भएको हो ।
पत्रकार सम्मेलनमा सहभागी आयोजक तथा सह- आयोजक समितिका पदाधिकारी । फोटो : न्यूज टुडे
आयोजकले राजविराजमा बिहीवार पत्रकार सम्मेलनमाको आयोजना गरी विचार सम्मेलनको उदेश्य र औचित्यता बारे जानकारी गराएका छन् ।
उक्त बिचार उत्सवमा सप्तरीका १८ वटा पालिकाका प्रमुख- उपप्रमुख, ४० भन्दाबढी बिभिन्न दलका नेताहरु, सामजिक अभियनताहरु,वरिष्ठ पत्रकार, बुद्धिजीवी युवाहरुको सहभागीता रहने विणा फाउण्डेशनका अध्यक्ष बरुण झाले जानकारी दिए । कार्यक्रमा बृहत विचार-आदानप्रदान गरी सप्तरीको बिकास , सुशासन र समृद्धिका लागि साझा प्रतिबद्धता र कार्यन्ययन गराउन मुख्य भुमिका रहने अध्यक्ष झाले बताए ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरीले कार्यक्रमको उदेश्य र औचित्यता बारे प्रकाश पार्दै सप्तरीले देशको राजनीतीक परिवर्तनमा पुर्याएको योगदानलाई विकास र समृद्धिसंग जोड्ने प्रयास स्वरुप विचार उत्सव आयोजना गरिएको बताए ।
सप्तरी राजनीतिमा अगाडि र विकास, सुशासन समृद्धिको सवालमा पछाडि परेको यतार्थलाई मनन गर्दै आगामी दिनमा कसरी सप्तरीको समग्र विकास गर्ने भन्ने बिषयमा बहस गर्ने तथा साझा प्रतिबद्धताको साथ सप्तरी घोषणा-पत्र जारी गर्ने कार्यक्रमको उदेश्य रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । अध्यक्ष चौधरीले शिक्षा राजनीती, संस्कृती, पर्यटन र बिकास र सुशासनका लागि भएका चुनौती र त्यसको ब्यवस्थापनको बिषयमा २ दिन बिचार उत्सवमा बहस हुने र कार्यक्रमा आएका विचारलाई एकीकृत गरि कार्यान्वयनमा ल्याउन साझा प्रतिबद्धताकासाथ अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमले सप्तरीको विकास, सुशासन र समृद्धिको यात्रामा टेवा पुग्ने उनको भनाइ छ ।
विचार उत्सवको मध्यस्तकर्ताको रुपमा बरिष्ठ पत्रकार टिकाराम यात्री, श्री पाण्डे, दिलभुषण पाठक, घनश्याम मिश्र , अबधेश कुमार झा, विनयलाल कर्ण, सौरभ यादव,माननीय मनिस झा,सन्तोष परियार ,योगेश भट्टराई , मनीष कुमार सुमन, माधव सापकोटा लागायतका वरिष्ठ ब्यक्तिहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादव, कोषाध्यक्ष विष्णु यादव,वरिष्ठ पत्रकार दिलभुषण पाठकको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रस्तोता जेनिसा जुनेरद्वारा संचालित पत्रकार सम्मेलनमा धन्यवाद ज्ञापन नेपाल पत्रकार महासंघ सप्तरीका सचिब रामनारायण विश्वासले गरेका थिए ।
विभिन्न १५ सत्रमा संचालन गरिने कार्यक्रम राजविराज स्थित शिवशंकर सिनेमा हलमा हुने आयोजकले जनाएको छ ।