• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु, विभिन्न राजनीतिक दलका नेताद्वारा शुभकामना व्यक्त 

जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु, विभिन्न राजनीतिक दलका नेताद्वारा शुभकामना व्यक्त 
न्यूज टुडे
राजविराज, २८ जेठ । 
जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। १८ वर्षपछि पहिलोपटक राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सोमबारदेखि  सुरु भएको हो। 
महाधिवेशन उद्घाटन समारोहमा उर्लिएको जनसागर । फोटो : न्ज टुडे
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आयोजित  महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता लीलानाथ श्रेष्ठ, समाजवादी मञ्चका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, राप्रपाका उपाध्यक्ष बुद्धिरमान तामाङ, रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्ले, लोसपका जितेन्द्र सोनलसहितकाले  शुभकामना मन्तव्य व्यक्त गरे । 
पार्टी विभाजन भए पनि अध्यक्ष यादवले पूर्वघोषित समयमै महाधिवेशन गर्न लागेका छन्। महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भारतीय कंग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसियालगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिको सहभागीता रहेको थियो । 
पार्टीका महासचिव मनिष सुमनद्वारा संचालित कार्यक्रममा स्वागत मधेश प्रदेशका पुर्व मुख्यमन्त्री सरोज कुमार यादवले गरे । 
देशभरिबाट करिब एक हजार दुई सय महाधिवेशन प्रतिनिधि सहभागी भएको महाधिवेशन ३० जेठसम्म चल्नेछ।