• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मेयर गुप्ताले अनियमितता गरेको खुलासा 

मेयर गुप्ताले अनियमितता गरेको खुलासा 
राजकुमार साह
कञ्चनपुर , २७ जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ताले आर्थिक अनियमितता गरेको खुलासा भएको छ । निजी सचिवालय व्यवस्थापनको नाउँमा मेयर गुप्ताले २ लाख ७५ हजारभन्दा बढी अनियमितता गरेको खुलासा भएको हो । 
महालेखापरीक्षकको ६१औ वार्षिक प्रतिवेदन अनुसार कानुन बिपरित मेयर गुप्ताले दोहोरो सुविधावापतको बढी रकम २ लाख ७३ हजार २ सय ४० रुपैयाँ लिएर आर्थिक अनियमितता गरेको छ ।
पालिकाले नगरसभाबाट स्वीकृत गरेको कार्यसञ्चालन निर्देशिका,२०७८ को नियम १८ बमोजिम प्रमुखको निजि सचिवालयमा सहयोगी व्यवस्थापन गर्न बढीमा २० हजार मासिक खर्च गर्न सक्ने र उक्त रकम एकमुष्ट उपलब्ध गराउने वा सचिवालयको लागि कर्मचारी राख्ने भनी व्यवस्था गरेको छ । पालिकाले नगरप्रमुखको सचिवालय सहयोगी भनी बैजु कुमार साहलाई २०७९ जेष्ठ १० गतेबाटै मासिक २० हजारका दरले भुक्तानी गर्दै आएकोमा फेरि सचिवालय व्यवस्थापन खर्च भनी एकमुष्ट रकम २ लाख ७३ हजार २ सय ४० रुपैयाँ नगरप्रमुख गुप्ताले भुक्तानी लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 
एकै प्रयोजनका लागि दोहोरो पर्ने गरि खर्च लिनु कानुन  बिपरित कार्य रहेको मलेपाले ठहर गरेको छ ।
नगरप्रमुखको सचिवालय सहयोगी बैजु कुमार साह  हाल केही महिनादेखि कार्यालय सहयोगी (कास) को रुपमा समेत काम गरिरहेको छ ।
यस  सन्दर्भमा नगरप्रमुख गुप्तासंग न्युजटुडे दैनिकले गत फागुन २३ गते ( बुधबार ) सार्वजनिक सुनवाइ कार्यक्रममा प्रश्न गर्दा गुप्ताले आफुले कुनै किसिमको दोहोरो सुबिधा नलिएको बताएका थिए।  तर, महालेखा  परिक्षकले आर्थिक वर्ष २०७९/०८० को लेखा परिक्षण गरेर ६१औ वार्षिक प्रतिवेदनमा दोहोरो सुबिधावापतको बढी रकम २ लाख ७३ हजार २ सय ४० रुपैयाँ  नगर प्रमुख ललन प्रसाद गुप्ताबाट असुल गर्नुपर्ने प्रतिबेदनमा उल्लेख गरेको छ । 
मेयरको अनियमिततासंग सम्बन्धित रहेर कन्चनरुप नपा वडा नम्बर -८ का बिटु रौनियारले  “कञ्चनरुपका नगर प्रमुख ज्युले सार्वजनिक स्थलहरुमा ठूलो -ठूलो गफ र भाषण ठोक्दै हिड्छ्न । मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन । यदी कसैले प्रमाणित गरिदिए भने म आफ्नो पदबाट त्यति बेलै राजिनामा दिई हाल्छु ।आफ्नो वाचामा कायम रहनु होला । मेयर साहेब प्रमाण सहित जनताको माझमा चाडै अश्लियत आउँदै छ” भन्ने शनिवार आफ्नो फेसबुकमा स्टाटस लेखेर सार्वजनिक गरेका छन् । 
यसबारे न्युज टुडेले कन्चनरुप नगरपालिकाका प्रवक्ता कृष्णा प्रसाद साहसंग बुझ्दा त्यस्तो अनियमितता गरेको पुष्टि भएमा मेयर सावले स्वघोषणा अनुसार नैतिकताको आधारमा पदबाट राजिनामा दिनुपर्ने बताए । “पदबाट राजिनामा दिनु भनेको मेयर सापको नैतिकाको कुरा हो” उनले भने । मेयर गुप्ताले दोहोरो सुबिधा वापतको रकम काठमाडौ गएर मिलाएको जानकारी आफुलाई दिएको प्रवक्ता साहले बताए ।
नगर प्रमुख गुप्ताले आफुमाथि लागेको आरोप निराधर रहेको टिप्पणी गर्दै आफुमाथि दोहोर सुविधा नरहेको कागजपत्र सुरक्षित रहेको दावी समेत गरे ।