• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी प्रिमियर लिगमा कञ्चनरुपको दोश्रो जीत

सप्तरी प्रिमियर लिगमा कञ्चनरुपको दोश्रो जीत
उत्तम आचार्य
कञ्चनरुप, २१ जेठ । 
राष्ट्रिय क्रिकेटरहरु सम्मिलित राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौथो दिन सोमबारको पहिलो खेलमा तिरहुत टाइगर्सलाई पराजित गर्दै कञ्चनरुप राइनोज विजयी भएको छ ।पवि माविको खेल मैदानमामा सोमबार सम्पन्न खेलमा कञ्चनरुप राइनोजले तिरहुत टाइगर्सलाई २ रनले पराजित गर्दै जीत हाँसिल गरेको हो ।
१सय ६७ रनको लक्ष्य पछ्याएको तिरहुत टाइगर्सले निर्धारित २० ओभरमा १० वटै विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउँदा कञ्चनरुप राइनोज २ रनले विजयी भएको हो । 
तिरहुत टाइगर्सका रुपेश कुमार सिंहले अविजित ३३ रन बनाए पनि जित्न पर्याप्त भएन । उनले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरे । भोला कुमार साहले ३२, शंकर राणा र अभिषेक कार्कीले समान २४ रन तथा दिपेश कडेलले १२ रन बनाए । कञ्चनरुपको बलिङ्गमा राहुल मण्डलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए । कप्तान राशिद खानले २ विकेट तथा दिनेश अधिकारी, चित्र बहादुर बिष्ट र उमेश कुमार चौधरीले समान १÷१ विकेट लिए । 
यस अघि टस जितेर ब्याटिंग गरको कञ्चनरुपले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । कञ्चनरुपको लागि राकेश कुमार कामतले सर्वाधिक ६४ रनको योगदान दिए । जुन क्रममा उनले ४५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै शुभ कंशकारले २७ बलमा २ चौका र २ छक्काको मद्दतले ३२ रन बनाए । कप्तान राशिद खानले २४ र कर्ण बहादुर बिकले १६ रन बनाए ।
तिरहुत टाइगर्सको बलिङ्गमा बसिर अहम्मद र रुपेश कुमार सिंहले समान २÷२ विकेट लिए । अनिल यादव र दिपेश कडेलले समान १÷१ विकेट लिए ।  
राउण्ड रोबिन लिग अन्तर्गत सञ्चालन हुने लिगमा सबै टिमले एक अर्कासँग १÷१ खेल खेले पछि समूहको शिर्ष–४ टिम बीच प्ले–अफमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम सार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खानलगायतले बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन् । विजेतालाई ३ लाख र उपविजेतालाई साढे १ लाख राशी पुरस्कार रहेको आयोजकले जनाएको छ ।