न्यूज टुडे
राजविराज, १९ जेठ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले आधिकारिक सदस्य सुची प्रकाशित नभएको जनाएको छ । महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
सदस्य सुची प्रकाशित नहुँदै केन्द्रिय कार्यालयमा तालाबन्दी गरेकोमा महासंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
“नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी भएकोमा महासंघ केन्द्रिय कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ”, अध्यक्ष पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,” हालसम्म महासंघले मतदाताहरुको आधिकारिक सुची प्रकाशित नगरेको जानकारी गरिन्छ ।”
महासंघले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा गरिएको तालाबन्दी खोल्ने विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
“निर्वाचन समिति मार्फत प्रकाशित हुने मतदाता नामावलीमा त्रुटि सच्याउने तथा छुटेका पत्रकारहरुको नाम समेट्न सकिने भएकोले केन्द्रिय कार्यालयमा गरिएको तालाबन्दी खोलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने बाताबरण निर्माणका लागि आग्रह गर्दछौं” अध्यक्ष पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा असहमतिलाई बार्ता र सम्वाद मार्फत समाधान गर्न सकिने भएकोले चुनावको बाताबरण बनाउन संबेदनसिल हुन आग्रह गरेको छ ।
“असहमतिलाई बार्ता र सम्वाद मार्फत समाधान गर्न सकिने भएकोले चुनावको बाताबरण निर्माणमा संबेदनसिल बन्न महासंघ सबैमा आग्रह गर्दछ।” महासंघद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।