• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेश प्रदेशमा मुख्यमन्त्री यादव नेतृत्वकै सरकार रहन्छ : अध्यक्ष यादव 

मधेश प्रदेशमा मुख्यमन्त्री यादव नेतृत्वकै सरकार रहन्छ : अध्यक्ष यादव 
न्यूज टुडे
राजविराज, १५ जेठ । 
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले मधेस प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार कायम रहने बताएका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा मंगलबार आयोजित महाधिवेशन जनपरिचालन सम्बन्धि विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
विस्तारित बैठकमा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश प्रदेश सहितको मधेश विद्रोहबाट स्थापित पहिचान र अधिकार रक्षाका लागि भएपनि जसपा नेतृत्वमा सरकार हुनुपर्ने जिकिर गरे । पार्टी विभाजनले मधेस प्रदेश सरकारमा कुनै असार नपरेको बताउँदै उनले मधेश प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वकै सरकार रहने दाबी गरे । 
मधेस प्रदेशका साँसदहरु कुनैपनि प्रभावमा नपरी पार्टीको एजेण्डामा अडिग रहेकोले ऊनीहरुकै महानताले प्रतिगामी शक्तिहरुको षड्यन्त्र असफल भइसकेको उनले बताए । 
 पहिचान, संघीयता, प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायतका पार्टीका विचार सिधाान्त विरोधी ध्रुवलाई सहयोग गर्न केही लोभिपापी पार्टी त्यागेर जाँदैमा पार्टी कमजोर नहुने जिकिर गर्दै अध्यक्ष यादवले आन्दोलनबाट स्थपित इमानदार नेताकार्यकर्ता जसपा नेपालमै रहेकोले कोहि पनि विचलित हुनुपर्ने अबस्था नरहेको बताए । 
उनले एकताको प्रथम महाधिबेशनले परिवर्तन विरोधी शक्तिलाई जवाफ दिने किसिमले जनसभागिता जुटाउन आ-आफ्नो क्षेत्रबाट लाग्न आग्रह समेत गरे । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्थानीय जनपरिचालन समितिका राष्ट्रिय संयोजक पुर्व मन्त्री हरि नारायण यादव । फोटो : न्यूज टुडे
स्थानीय महाधिवेशन जनपरिचालन समितिका राष्ट्रिय संयोजक एवम् पुर्व मन्त्री हरि नारायण यादवले पहिचानसहित मधेसको मुद्दालाई  कमजोर गर्न पार्टीमा पटकपटक अवसर लिएकाहरुले पार्टी छोडेकाले  त्यसले अझै पार्टीलाई बलियो बनाएको टिप्पणी गरे ।  उनले पार्टी संगठन निर्माणमा योगदान नभएका तथा पार्टी भित्र  ठु-ठुलो आदर्शवादी कुरा गर्नेहरु पार्टीको नेता कहिल्यै नरहेको स्वार्थी झुन्डहरुले पैसा र पदको प्रलोभनमा पार्टी छोडेको आरोप लगाए । 
महाधिवेशन पछि पार्टी थप एकताबद्व भएर अगाडि बढ्ने दाबी गर्दै उनले महाधिबेशन सफलताको लागि सबै तितापिठा विषयलाई त्यागेर एकताबद्व भएर लाग्मुपर्नेमा जोड दिए ।  
महाधिवेशन जनपरिचालन सम्बन्धि जिल्ला स्तरीय विस्तारित बैठकमा सहभागी जसपा नेपालका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा नेपालका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, जसपा नेता सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुध्द प्रसाद सिंह यादव, जसपा नेपाल राजनीतिक समिति सदस्य कैलाश यादव, केन्द्रिय सदस्य विकास कुमार तिवारी,  केन्द्रिय सदस्य विनिता यादव, मधेश प्रदेश समिति सदस्य किशोर कुमार यादव,( केसी), जिल्ला सदस्य रामदेव यादव, महाधिबेशन प्रतिनिधि मोतिलाल चौधरी, क्षेत्रीय अध्यक्षहरु नारायण यादव, कमलदेव यादव, युवा नेता विशाल यादव,  तारकेश्वर यादव,आर्थिक समिति संयोजक अमृत साफी, जबाहार यादव, सावित्री पण्डित, नरेन्द्र यादवलगायतकाले मन्तव्य व्यक्त गरे । 
 राजविराज नगरपालिकाको सभाहलमा आयोजित विस्तारित बैठकमा जिल्ला स्थित रहेका पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्यहरु, राजनीतिक समिति सदस्य, केन्द्रिय समिति सदस्य, संघीय परिषद सदस्य, केन्द्रिय सल्लाहकार समितिका पदाधिकारी, प्रदेश समितिका कार्यकारी सदस्यहरु, प्रदेश सदस्य तथा सल्लाहकार समितिका सदस्यहरु, केन्द्र, प्रदेश तथा स्थानीय तहमा जनप्रतिनिधिहरु, जिल्ला, क्षेत्र, स्थानीय तहका पार्टी पदाधिकारी, विभिन्न भातृ संगठनका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
जिल्ला सचिब हरेराम यादवद्वारा संचालित कार्यक्रममा स्वागत जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादवले गरे । 
उक्त विस्तारित बैठकबाट जिल्ला अध्यक्ष केदार प्रसाद यादाको नेतृत्वमा जिल्ला स्तरीय महाधिवेशन जनपरिचालन समिति गठन गरिएको जिल्ला उपसचिव शम्भु कुमार यादवले जानकारी दिए ।