• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

प्रचण्ड- ओली मिलेर देश कब्जा गर्न खोजे : ठाकुर

प्रचण्ड- ओली मिलेर देश कब्जा गर्न खोजे : ठाकुर
नर्मदेव यादव
रुपनी, १२ जेठ । 
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष  महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल, (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपि ओलीले देश कब्जा गर्न खोजेको आरोप लगाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीद्वारा सप्तरीको राजविराजमा शनिबार आयोजित पार्टी सदस्यता  वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले प्रचण्डले मधेसको मुद्दामा सम्झौता गरी धोका दिएको आरोप लगाउँदै अब प्रचण्ड- ओलीको षड्यन्त्र विरुद्ध लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । मधेश आन्दोलनबाट प्राप्त अधिकारलाई उल्टाउने प्रचण्ड – ओलीको षड्यन्त्रलाई सफल हुन नदिने बताउदै उनले प्रचण्डले झुठको राजनीति गरी अल्मलाउनु खोजे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । 
बरिष्ठ  उपाध्यक्ष पुर्व मन्त्री शरतसिंह भण्डारीले संचार उधमी कैलास सिरोहियालाई गिरफ्तार गरेर  प्रचण्ड नेतृत्वको बर्तमान सरकारले प्रेस स्वतन्त्रता एवम् लोकतान्त्र विरोधी छवि प्रदर्शन गरेको टिप्पणी गरे ।
सिरोहियालाई पक्राउ गरेकोप्रति चर्को विरोध जनाउँदै  उनले बर्तमान प्रचण्ड नेतृत्वको सरकारले ओलीसंग मिलेर अधिनायकवाद लादै साँसद विघटन गर्न खोजेको आरोप लगाए । 
“ओली-प्रचण्डले संसद विघटन गरि मध्यवती निर्वाचन गरेर प्रहरी प्रशासनद्वारा बुथ कब्जा गरी देश कब्जा गर्न लागेको छ” उनले भने, ” देशमा दुई धारमा छ, अहिले लोकतान्त्रिक पार्टीहरु एक भएर सामना गर्नुपर्ने समय आएको छ।” 
लोसपा मधेस प्रदेश  संसदीय दलका नेता  जितेन्द्र सोनलले सबै मधेसी पार्टीहरु विभिन्न वादतिर लागेको आरोप लगाउँदै लोसपा मात्र मधेशी जनताको हक अधिकारको लागि लड्ने पार्टी भएको दावी गरे ।
“हाम्रो पार्टीले मधेस वादलाई अगाडि सारेको हो, मधेसवादलाई कहिले छोड्ने  छैन, अहिले पनि छोडेको छैन” नेता सोनालले भने, “कम्युनिस्ट पार्टीका नेताहरुले देश  र संविधानलाई ध्वस्त गर्न लागेको छ, मधेसवादलाई खतम गरि समाजवाद लाद्न लागेको छ।” 
उनले हामीलाई समाजवाद चाहिदैन भन्दै त्यसको बिरोध समेत गरे । 
जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सदस्यता वितरण कार्यक्रममा  पार्टीका प्रवक्ता डा. अभासलाल, पार्टी केन्द्रिय महासचिव प्रमेश्वर साह,केन्द्रिय सदस्य एवम् रुपनी पालिका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिका अध्यक्ष बिधानन्द चौधरीलगायतकाले मन्तव्य व्यक्त गर्दै  माओबादी अध्यक्ष प्रचण्डसंग सम्झौता गरी सरकारमा सामेल भएको तर पार्टीलाई धोका दिएर नेताकार्यकर्तामाथि लगाएको झुठो मुदा फिर्ता नलिएको र  संविधान संशोधन गर्न नसकेको बताए ।
 प्रचण्ड नेतृत्वको सरकारले पार्टीसंग भएको सम्झौता विपरीत आन्दोलनकारीमाथी उल्टै  षड्यन्त्र पुर्ण तरिकाले फसाउँने तथा जेलमा हाल्ने र मुद्दा लगाउने गरेकोको भन्दै  बक्ताहरुले  त्यसको विरुद्ध आन्दोलन घोषणा गरी संघर्षमा जाने उद्घोष गरे । 
पहिचान ,संघीयता,सम्मान भन्ने नाराकासाथ आयोजित  लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सदस्यता वितरण कार्यक्रममा पार्टीका जनप्रतिनिधिहरु, जिल्लाका  बरिष्ठ नेताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
 जिल्ला सचिव बिजय रायद्वारा संचालित कार्यक्रममा स्वागत पार्टीका नेत्री एवम् राजविराज नगरपालिकाकी पुर्व उपमेयर साधना झाले गरिन ।