• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा न्याय सम्पादन विषयक अन्तरक्रिया

रुपनीमा न्याय सम्पादन विषयक अन्तरक्रिया
न्यूज टुडे
रुपनी, ११ जेठ । 
सप्तरीको रुपनी गाउँपालिकामा शुक्रबार न्याय सम्पादन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । रुपनी गाउँपालिका न्यायीक समितीद्वारा समितिको कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सप्तरी जिल्ला अदालत राजविराजका न्यायाधीश जोशी । फोटो : न्यूज टुडे
 रुपनी गाउँपालिकाकी उपाध्यक्ष एवम् अनुगमन तथा न्यायीक समिति  संयोजक पुष्पा श्रेष्ठ लौगीको अध्यक्षता तथा सप्तरी जिल्ला अदालत राजविराजका न्यायाधीश जीवन कुमार जोशीको प्रमुख आतिथ्य एवम् रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको विशिष्ट आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यायाधीश जोशीले सबै जनताको समस्या  न्यायीक तरिकाबाट कसरी निरुपण गर्ने भन्ने अधिकार स्थानीय  सरकारको जिम्मामा रहेको बताए । 
 “सम्झाई बुझाई वा कसरी भन्दा खेरी पिडितले निवेदन दिन्छ, निवेदन दर्ता भएपछि तपाईंहरु अनुगमन गर्नुस, वास्तविक कसको गल्ती हो पहिचान गर्नुस,दुबै पक्षलाई बोलाएर सम्झौता गर्न लगाउनुस” उनले भने, “नमानेमा निर्णय गर्नुस् कार्यान्वयन गर्न समस्या आएमा त्यसको पहिचान गरी बुँदागत रुपमा समस्याहरु न्यायिक समितीबाट निर्णय गरी गाउँपालिकाको कार्यपालिकाबाट बनेको नियम अनुसार गरिएको निर्णयलाई कार्यान्वयन गराउनुपर्छ, त्यसमा पनि पिडक पक्षले लागू गर्नमा आनाकानी गरेमा त्यस्तो ब्यक्तीको स्थानीय सरकार बाट पाउने सम्पुर्ण सेवा सुविधाहरु  तत्कालको लागि रोक्का राख्न सकिन्छ।”
 उनले कानुन बनाई जनताको समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्न सुझाव दिदै पुरानो मुद्दाहरुलाई छिटो फैसला गर्न समेत आग्रह गरे ।
कार्यक्रमका बिशिष्ट अतिथी गाउँपालिका अध्यक्ष यादवले न्यायीक समितिको फैसलालाई आधार बनाई समितिको निर्णय कार्यान्वयनमा सहयोग गर्न न्यायाधीश जोशीलाई आग्रह गरे ।  उनले न्यायीक समितिको निर्णयलाई आधार मानी  अदालतले पनि मुद्दाको फैसला गर्नुपर्नेमा जोड दिए । 
उक्त कार्यक्रममा रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादव,न्यायिक समिती सदस्य  गंगाराम यादव,बविता साह, १ नम्बर  वडाकी अध्यक्ष लिला यादव, ३ का अध्यक्ष अमर मुखिया,४ का अध्यक्ष छेदी इसर,,६ का बद्री नारायण सरदार, लेखापाल रामचन्द्र पैकरा,कानुनी परामर्शकर्ता शंकर मिश्रा, सप्तरी जिल्ला अदालत राजविराजका अधिकृतहरु विदुर प्रसाद अधिकारी ,ललन कर्ण,दिपेस कुमार यादव,अमिन कृष्ण कुमार इसरलगायतको  सहभागीता रहेको थियो । 
 अन्तरक्रिया कार्यक्रममा संयोजक लौगी, रुपनी गाउँपालिका १ का पुर्व वडा अध्यक्ष  अध्यक्ष पिताम्बर यादव,वडा नम्बर  ३ का अध्यक्ष अमर मुखिया,पत्रकार नर्मदेव यादवलगायत समितिका सदस्यहरुले गाउँपालिकामा न्याय सम्पादन गर्दा हुने समस्याको बारे धारणा राखेका  थिए ।