• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल सप्तरीको तीन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन, २ नम्बरमा हुनु सकेन

जसपा नेपाल सप्तरीको तीन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन, २ नम्बरमा हुनु सकेन
न्यूज टुडे
राजविराज, ०८ जेठ । 
जनता समाजवादी पार्टी नेपालको जनकपुरमा जेठ २८, २९ र ३० गते हुने राष्ट्रिय महाधिवेशनका लागि सप्तरीको ३ वटा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको छ भने क्षेत्र नम्बर २ मा सिटसंख्याभन्दा बढीले मनोनयन दर्ता गरेको छ ।  निर्वाचन समितिद्वारा मंगलबार जारी निर्वाचन कार्यपालिका अनुसार सप्तरीको निर्वाचन क्षेत्र नम्बर १, ३ र ४ नम्बर क्षेत्रमा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएपनि क्षेत्र नम्बर २ मा सिटसंख्याभन्दा बढीले मनोनयन दर्ता गरेकाले सहमति जुट्न नसकेको हो ।  
मनोनयन दर्तापछी हर्षित जसपा सप्तकोशी नगरपालिकाका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा ३९ जना महाधिवेशन प्रतिनिधि छनौटका लागि आह्वान गरिएकोमा १३ जना महिला र २६ जना पुरुषले गरि ३९ जनाले मात्र मनोनयन दर्ता गराएको क्षेत्रीय निर्वाचन संयोजक जितेन्द्र कुमार झाले जानकारी दिए । 
उनका अनुसार अशोक कुमार लगवार, अर्जुन यादव, इन्द्रकला यादव,अनुरुद्र यादव,विन्धेश्वर राउत, वाणी चौधरी, विरेन्द्र मिश्र, बलराम साह, भरत प्रसाद महतो, छेदी अरगरिया यादव,दिनेश यादव, हेमनारायण यादव,हिरादेवी राउत, हेमन्त बहडखेर, जगदेव यादव, जितेन्द्र खड्गा, कल्पना चौधरी, मुन्नीदेवी मण्डल,मोतिलाल चौधरी, मनाई महतो, भुलकुन देवी यादव, निलेश कुमार झा, निलु कुमारी झा, परशुराम यादव, रविना खातुन, राज कुमार यादव,रेणुका खंगले मनोनयन दर्ता गरेका छन् । 
यसैगरी रामवतीदेवी खंग मण्डल, रामसुन्दर यादव,राजकुमार राउत, रामेश्वर यादव, उमेश यादव,उपेन्द्र मण्डल, शम्भु कुमार झा, श्यामदेव यादव, सितादेवी यादव,सहनाज खान र सुदम्वर यादवले मनोनयन दर्ता गरेका छन् । 
तोकिएको संख्या बमोजिम मात्र उम्मेदवारी दर्ता भएकोले उनीहरुलाई सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरिएको निर्वाचन संयोजक झाले जानकारी दिए ।
यसैगरी क्षेत्र नम्बर ४ बाट मृगेन्द्र सिंह यादव, अनिरुद्व सिंह यादव, सुरेन्द्र साह, रिता चौधरी र रमेश यादव अधिबेशन प्रतिनिधि चयन भएको ४ नम्बर क्षेत्रीय निर्वाचन समितिको कार्यालयले जनाएको छ । 
यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट समेत २० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको जनाएको छ । 
सप्तरी क्षेत्र नम्बर २ मा ३० जना महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गर्न आह्वान भएपनि ४७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन संयोजक दुखन यादवले जानकारी दिए । 
माग भन्दा १७ जना बढीले उम्मेदवारी दर्ता गराएकोले बुधबार १० बजेसम्मका लागि नामावाली फिर्ताका लागि समय दिइएको उनले जानकारी दिए ।