• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हावाहुरीले छाना उडाउँदा  पठनपाठन प्रभावित

हावाहुरीले छाना उडाउँदा  पठनपाठन प्रभावित
रामनाथ यादव 
 राजविराज, ७ जेठ । 
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ८ स्थित रहेको प्राथमिक विद्यालय सडेपारको हावाहुरीले छाना उडाउँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।  एक महिना अगाडि  वर्षासंगै आएकाे हावाहुरीले उडाएको टिनकाे छाना हालसम्म मर्मत सम्भार नहुँदा विद्यालयको पठनपाठन प्रभावित भएको हो । 
विद्यालयको छाना मर्मत नगर्दा चर्को घाम र पानी कक्षाकोठा भित्र पस्दा वालवालिकाहरुले पठनपाठनमा समस्या खेप्दै आएको स्थानीयले बताएका छन् ।हावाहुरीसंगै वर्षको समय भएकाेले कक्षा काेठाकाे टिनकाे छाना हावाले उडाएका कारण बालबालिकाहरु दिवाखाजा वनाउने , खाने ,वस्ने काेठाकाेमार खेप्न वाध्य भएको ऊनीहरुले जानकारी दिए । 
भाैतिक संरचना जिर्ण रहेकाे तथा विद्यालयकाे छाना उडाउँदा दिवाखाजा वनाउने र खाजा खुवाउने काेठाकाे महिनाैदेखि समस्या भएको विद्यालयले जनाएको छ । 
कम्तीमा सातवटा कक्षाकाेठाकाे आवश्यकता रहेकाे विद्यालयमा दुईवटा भवनमा चारवटा कक्षाकाेठा मात्र रहेका  तथा पढाउने कक्षाकाेठामा नै प्रधानाध्यापककाे कार्यालय राख्नुपर्दा कक्षाकोठाको समस्या झेल्नु परेको प्रधानाध्यापक  मनुलाल  यादवले बताए । 
वालविकास देखि  कक्षा ५  सम्मकाे पढाइ हुने  विद्यालयको एउटा कक्षाकोठाको जस्तापाताको छाना पूर्णरूपमा उडाएर क्षति पुर्‍याएको प्रधानाध्यापक  यादवले जानकारी दिए  । 
विद्यालयमा बाउन्ड्रीबाल नहुँदा शैक्षिक सामग्रीहरु चोरी हुने  त्रास रहेको तथा शाैचालय अभावले बालबालिकाहरुले मार खेपिरहेको उनले जानकारी गराए । 
“वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि विद्यालयको ठूलो क्षति भएको छ” प्रधानाध्यापक यादवले भने, “हावाहुरीको क्षतिका कारण तत्काल खाजा  सञ्चालन गर्न सकिने अवस्थासम्म छैन ।”
वि.सं २०६४ सालमा  स्थापना भएको सो विद्यालयमा ६ जना शिक्षक कार्यरत रहेका छन् भने  ८५ जना वालवालिकाहरु पठनपाठन गर्दै आएका छन् ।
बर्षेनी हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयमा अधिकाँश पुरानो भवन रहेकाले कुनै बेला मानवीय क्षतिसमेत हुनसक्ने सम्भावना रहेको अभिभावकले बताएका छन् । काेशी नहरकाे छेउमा सञ्चालित  रहेकाे  विद्यालयमा बाउन्ड्रीवाल  नहुँदा वालवालिकाहरु असुरक्षित हुने गरेको उनीहरुले बताए । नहरको पानी र खेतको खाल्डोमा पानी जमेकाे हुँदा वालवालिकाहरु पानीमा डुब्ने जोखिम रहेको प्रधानाध्यापक यादवले वताए । 
गाउँपालिकामा वैशाख १५ गते निवेदन र जानकारी दिएपछि शिक्षा शाखा संयाेजक चन्द्रभूषन राय , विपद व्यवस्थापनका संयाेजक राजेश कुमार झा  , राजेन्द्र देवकी मावि काेइलाडीका प्रधानाध्यापक  दिपेन्द्र झा , शंकर पव्लिक एकेडेमी स्कुल ताेपाका संस्थापक अध्यक्ष अमित साेनी लगायतले अनुगमन गरेपनि छानो मर्मत सम्भार तथा विपदको जोखिमबाट सुरक्षित राख्ने र विद्यालयको समस्या समाधानप्रति कसैले चासो नदिएको प्रधानाध्यापक यादवले गुनासो गरे।