• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको विभिन्न वन क्षेत्रको संयुक्त अनुगमन

सप्तरीको विभिन्न वन क्षेत्रको संयुक्त अनुगमन
न्यूज टुडे
राजविराज, ०४ जेठ ।
सप्तरीको विभिन्न वन क्षेत्रको एक जिल्ला स्तरीय संयुक्त टोलीले अनुगमन गरेको छ । डिभिजन वन कार्यालय सप्तरीको आयोजनामा शुक्रबार पत्रकार, वन कर्मचारी तथा पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेको हो । 
सव- वन डिभिजन कार्यालय कंचनपुरमा लगाइएको नर्सरी । फोटो : न्यूज टुडे
टोलीद्वारा मधेश प्रदेश सरकार वन तथा बाताबरण मन्त्रलयको सहयोगमा सप्तरीको विभिन्न ठाउँमा गरिएको वृक्षरोपण तथा नर्सरीहरुको अनुगमन तथा निरीक्षण गरेको थियो । 
पत्रकारसहितको टोलीले सुरुङ्गा नगरपालिका ४ मधुपट्टी स्थित सेतीदेवी सामुदायिक वन क्षेत्रमा आव २०७३/०७४ र ०७५/०७६ मा ३३ हेक्टर क्षेत्रफलमा गरिएको विभिन्न प्रजातिको बृक्षारोपण, रुपनी गाउँपालिका ६ तेरहौता स्थित खाडोखोलाको उक्कासमा १० हेक्टर जग्गामा गरिएको बृक्षारोपण र सव-डिभिजन वन कार्यालय कंचनपुरमा आधुनिक प्रविधिबाट संचालनमा ल्याइएको नर्सरीमा हुर्किदै गरेको विभिन्न जरीबुट्टी तथा अन्य प्रजातिका बोट विरुवाहरुको अबस्था बारे स्थलगत निरीक्षण गरी जानकारी लिएका छन् ।
मधेस प्रदेश वन तथा बाताबरण मन्त्रालयको सहयोगमा संचालन गरिएको आधुनिक प्रविधिको नर्सरी । फोटो : न्यूज टुडे
विभिन्न सव- डिभिजन कार्यालयको नर्सरीमा ७० हजार  बहुबर्षिय तथा  ९० हजार एकबर्षिय विरुवाहरु रहेको डिभिजन वन कार्यालय कंचनपुरले जनाएको छ । 
नर्सरीबाट हुर्किएको बिरुवा विभिन्न वनक्षेत्रमा बृक्षारोपण गर्ने तथा निजि रुपमा बृक्षारोपण गर्ने व्यक्ति तथा संघसंस्थालाई वितरण गर्दै आएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए । 
वन कार्यालयले गरेको कार्यप्रगतीको बृतचित्र बनाई विधुतीय संचार माध्यममा प्रसारण गर्ने तथा वन संरक्षणका लागी  जनजागरण गर्ने उदेश्यका साथ छापा माध्यमहरुमा प्रचारप्रसार गर्ने बताउँदै जिल्ला वन डिभिजन प्रमुख दासले वन कार्यालय तथा कर्मचारीहरुबाट भएको कमिकमजोरीलाई पत्रकारहरुले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । 
आफुहरुबाट भएको कमीकमजोरी संचार माध्यममा आउँदा सच्चिने अवसर पाउने भएको भन्दै उनले निरन्तर रुपमा आफुसहितका वन कर्मचारीले गरेको विभिन्न त्रुटी निरन्तर रुपमा औल्याई दिन संचारकर्मीहरुलाई आग्रह समेत गरे ।  
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले वन कार्यालयले गरेको सकारात्मक तथा नकारात्मक कार्यलाई सप्तरीका पत्रकारहरुले उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे ।  वन कार्यालयमा भएका कार्यहरु त्रैमाशिक रुपमा संचारकर्मीहरुको माध्यमबाट सार्वजनिक गर्न सुझाव दिंदै उनले बन कार्यालयले गर्ने हरेक गतिविधिको सुचना पत्रकारहरुलाई उपलब्ध गराउन आग्रह गरे । 
पत्रकार अवधेश कुमार झा र विनयलाल कर्णले पत्रकारहरुबाट सरकारले गरेको कामको अनुगमन गराउँदा पारदर्शिता झल्कने तथा त्यसमा देखिएको कमीकमजोरी सच्चिने भएकोले यसलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिए । 
टोलीमा सहायक वन अधिकृत सशिन्द्र यादव,बैधनाथ मण्डल, रेन्जर लक्ष्मण साँफी, फोलेष्टर पंकज मिश्रलगायतका वन कर्मचारी तथा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।