जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता एवम् पुर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सप्तरीका दुई विद्यालयको शिलान्यास गरेका छन् ।
रुपनी गाउँपालिका वडा नम्बर ३ स्थिति माध्यमिक विद्यालय कटैयाको ४ कोठे भवन र शम्भुनाथ नगरपालिका २ स्थित आधारभुत विद्यालय खैरबोनाको दुई कोठे भवनको पुर्वमन्त्री यादवले सोमबार एक कार्यक्रमको विच शिलान्यास गरेका हुन् ।
आधारभुत विद्यालय खैरबोनाको भवन शिलान्यास गर्दै पुर्वमन्त्री यादव । फोटो : न्यूज टुडे
मावि कटैयामा ५० लाखको लागतमा चारकोठे भवन र आधारभुत विद्यालय खैरबोनाका लागि २५ लाखको लागतमा दुईकोठे भवन निर्माण हुने सम्बन्धित विद्यालयहरुबाट जानकारी गराइएको छ ।
विद्यालय भवन शिलान्यास कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, शम्भुनाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगतसहित स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षाप्रेमी, शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको जनाइएको छ ।