• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संस्थापन पक्षमा एकताबद्ध हुने जसपा नेपाल सप्तरीका नेताकार्यकर्ताको प्रतिबद्धता

संस्थापन पक्षमा एकताबद्ध हुने जसपा नेपाल सप्तरीका नेताकार्यकर्ताको प्रतिबद्धता
न्यूज टुडे
राजविराज, २६ बैशाख।  
संस्थापन पक्षमा रहने जनता समाजवादी पार्टी नेपाल सप्तरीका नेताकार्यकर्ताले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समितीद्वारा राजविराजमा बुधबार आयोजित विस्तारित बैठकका सहभागी नेताकार्यकर्ताले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
विस्तारित बैठकमा सहभागी प्रदेशसभा सदस्य यादवसहित केन्द्रीय तथा प्रदेश स्तरीय नेतागण । फोटो : न्यूज टुडे
बक्ताहरुले पार्टी विरोधी गतिविधि गर्ने विरुद्ध सशक्त रुपमा प्रतिकार गर्दै पार्टीमा एकताबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । पार्टी नेतृत्वकै कमजोरीले बर्तमान अबस्था सिर्जना भएको भन्दै उनीहरुले पार्टी नेतृत्व सच्चिनु पर्नेमा जोड दिए । विभिन्न आन्दोलनको उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्र अनुरुप नियोजित रुपमा पार्टी फुटाएको आरोप लगाउँदै बक्ताहरुले संघीयता, पहिचान, प्रतिनिधित्व र अधिकारको संघर्षलाई निष्कर्षमा पुर्‍याउने कार्य जसपा नेपालले मात्र गर्न सक्ने दाबी गरे । 
व्यक्तिगत स्वार्थ पुर्तीका लागि पार्टी फुटाउने तथा आन्दोलनमा सहिदहरुको रगतमाथि खेलवाड गर्ने धोखेबाज विरुद्ध एकताबद्व भएर अगाडि बढ्नुपर्नेमा उनीहरुको जोड थियो । 
पार्टी फुटाउनेहरुको दुर्दशा बारे चर्चा गर्दै बक्ताहरुले अहिले पार्टी फुटाउन संलग्नहरुको पनत निश्चित भएकोले यस्ता खराव प्रवृत्तिलाई निरुत्साहित गर्न आ- आफ्नो ठाउँबाट लाग्न आग्रह गरे ।  पार्टीमा योगदान गरेका  कार्यकर्ता भन्दा अवसरवादीहरुलाई बढी प्राथमिकतामा राख्दा पटकपटक यस्तो दुर्घटना हुने गरेको  उनीहरुको तर्क थियो । 
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित विस्तारित बैठकमा जसपा नेता एवम् सप्तरी निर्वाचन क्षेत्र ४ (ख) बाट निर्वाचित साँसद अनिरुद्व प्रसाद सिंह यादव, पार्टीका केन्द्रिय सदस्य विकास कुमार तिवारी, रमिला साह, गिता यादव,  विशेश्वर रजक,  संघीय परिषद सदस्य श्यामदेव यादव, जसपा प्रदेश सदस्य किशोर कुमार केसी, प्रभाकर यादव, छेदी यादव,  विनोद यादव, जसपा मधेस प्रदेश आर्थिक समिति संयोजक अमृत साफी, राजविराज नगरपालिकाकी नगरप्रमुख इसरत परविन, ओविसी महासंघका केन्द्रिय अध्यक्ष भरत महतो, केन्द्रिय प्रबक्ता मनाई महतोलगायतकाले मन्तव्य व्यक्त गरे । 
यसैगरी  जिल्ला कार्यकारिणी समिति उपाध्यक्ष हरेराम यादव, कार्यकारिणी समिति सदस्य रामेश्वर कौडगिया, लक्ष्मण यादव, राजेश्वर राय, जिल्ला समिति सदस्य निरज कुमार मुक्ति, रामदेव यादव, तेज नारायण यादव, लाल बहादुर मेहता, उमेश यादव, बेचु साह, सकलदेव यादव, निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्ष  नारायण यादव, ३ का अध्यक्ष कमलदेव यादव समेतले आ-आफ्नो विचार व्यक्त गरे । 
यसैगरी प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, सम्मजवादी महिला संघकी प्रदेश सचिवालय सदस्य सीता साह, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, खडक नगरपालिका अध्यक्ष मो. इसराइल, महादेवा गाउँपालिका अध्यक्ष अशोक यादव, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष मिलन कुमार चौधरी, बोदे बर्साईन नगरपालिकाका अध्यक्ष अरुण कुमार यादव, सुरुङ्गा नगरपालिकाका अध्यक्ष दिनेश यादव,  छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव, विष्णुपुर ५ का वडा अध्यक्ष जिबछ मण्डल, तिरहुत गाउँपालिकाका चन्द्र नारायण यादवलगायतले समेत विचार व्यक्त गरेका थिए । 
कार्यक्रमको संचालन जिल्ला सचिब हरेराम यादव र उपसचिव शम्भु कुमार यादवले संयुक्त रुपमा गरेका थिए । 
बैठकमा जिल्लामा उपलब्ध रहेका केन्द्र, प्रदेश पदाधिकारी, जिल्ला समितिका पदाधिकारी, तिनै तहका जनप्रतिनिधिहरु, पार्टीका क्षेत्रीय अध्यक्ष, पालिका अध्यक्षहरु, विभिन्न भातृसंगठनका केन्द्र,प्रदेश र जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।