न्यूज टुडे
राजविराज, २४ बैशाख ।
सप्तरीमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । सप्तरी जिल्ला कबड्डी संघको आयोजनना तथा अखिल नेपाल कबड्डी संघको समन्वयमा बैशाख २९ देखी जेठ १ गतेसम्म प्रतियोगिता संचालन हुने भएको हो ।
जिल्ला कबड्डी संघद्वारा सोमबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगीतामा सातवटा प्रदेश र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीन विभागीय टोली गरी १० वटा टिम सहभागी हुने जनाएको छ ।
प्रतियोगितामा १ सय २० खेलाडी र प्रशिक्षक,मेनेजरको संख्या २० जना र अफिसियलको संख्या २५ जना गरी १ सय ७५ जना सहभागी रहेको जिल्ला कबड्डी संघ सप्तरीका अध्यक्ष चन्द्रशेखर चौधरीले बताए ।
“खेललाई व्यवस्थित बनाउन पचिसजना भोलेन्टियर खटिने छ”पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले भने, खेल लिकको नकाउटको आधारमा खेलाईनेछ”
अखिल नेपाल कबड्डी संघको नियमानुसार खेलाइने खेलमा विभिन्न १० टिम विच प्रतिस्पर्धा हुने कबड्डी प्रतियोगितामा सहभागी खेलाडीहरुको लागि खाना,बसोबास र फिल्ड ब्यबस्थापनसहितका सम्पुर्ण तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले जानकारी दिए ।
“उदघाटन खेल २०८१/०१/२९ गते दिउँसो
४:०० बजे देखी हुनेछ” उनले भने,” उदघाट्न खेलमा मधेस र कोशी प्रदेश बिच प्रतिस्पर्धा हुनेछ।”
मुख्य प्रायोजक राजविराज नगरपालिका र सह प्रायोजक अग्नीसाईर कृष्णासरवन गाउँपालिका रहेको प्रतियोगितामा २६ लाख ६५ हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
सप्तरी जिल्लाको विभिन्न पालिका, संघ संस्था लगायत बाट आर्थिक सहयोग संकलन गरी प्रतियोगिता संचालन गरिएको अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए। कबड्डी खेललाई सप्तरीसहित देशमै १ नम्बर खेलको रुपामा विकास गर्ने अभियानकासाथ अगाडि बढेको उनले जानकारी समेत गराए ।