• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पाँचकिलो देखी पौवासम्म बन्ने भयो लक्ष्मणलाल प्रधान मार्ग

पाँचकिलो देखी पौवासम्म बन्ने भयो लक्ष्मणलाल प्रधान मार्ग
नर्मदेव यादव
रुपनी, १४ बैशाख । 
सप्तरीको रुपनी गाउँपालिका २ स्थित राजविराज- रुपनी सडक खण्डको पाँचकिलो चौकदेखि पुर्व पौवाटोल जोड्ने लक्ष्मणलाल प्रधान मार्ग निर्माण हुने भएको छ । रुपनी गाउँपालिकाको सहयोगमा ५ मिटर चौडाइ र ६ सय ५० मिटर लम्बाइ रहेको सडक निर्माण हुने भएको हो । 
बाटो शिलान्यास गर्दै साँसद यादव, अध्यक्ष यादव र दाता परिवारका प्रधान । फोटो : न्यूज टुडे
सडकको सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद दिनेश कुमार यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव र दाता परिवारको तर्फबाट अरुण कुमार प्रधानले शुक्रवार आयोजित एक समारोहका विच शिलान्यास गरे । 
रुपनी गाउँपालिका २ का वडा अध्यक्ष सरोज कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अथिती साँसद यादवले बाटो निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले पौवाबासीलाई बाटो सुविधा उपलब्ध गराउने धैरै दिनको प्रयास सफल भएको भन्दै खुशी व्यक्त गरे ।  बाटोको लागि जग्गा उपलब्ध गराउने स्वर्गीय प्रधानका छोराहरु किशोर प्रधान र अरुण प्रधानलाई धन्यवाद दिदै उनले पाँच किलो चौकमा लक्ष्मणलाल प्रधानको शालिक स्थापना गरि स्वर्गीय प्रधानको नामबाटै चौक र बाटोको नामाङकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । 
दाता अरुण प्रधानले बुवाको स्मृतिमा बाटोका लागि जग्गा दिन पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले बाटो निर्माणमा सम्पुर्ण गाउँबासीलाई सहयोग गर्न आग्रह गरे ।  
रुपनी गाउँपालिकाको १० लाखको सहयोगमा माटो तथा ग्राइभेल गरि बाटो निर्माणको प्रारम्भिक कार्य सुरु हुने रुपनी गाउँपालिकाका इन्जिनियर रमेश यादवले जानकारी दिए।  सो अवसरमा उक्तबाटोमा पर्ने जग्गा दाताहरूलाई गम्छा र टीका लगाएर सम्मान गरिएको थियो । कार्यक्रम संचालन स्थानीय जितेन्द्र यादवले गरेका थिए । 
यसैगरी वडा नम्बर २ स्थित पिपराही टोलमा शुक्रबारै कविर मन्दिर संत भवनको समेत शिलान्यास गरिएको छ । उक्त भवनको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार यादव, समाजसेवी तथा उधोगपति अरुण कुमार प्रदानले संयुक्त रुपमा भवन शिलान्यास गरे । 
भवन शिलान्यास गर्दै समाजसेवी  उधोगपति अरुण  प्रदानले कविर संत भवनका लागि आफ्नो तर्फबाट १ ट्याक्टर इटा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा साँसद यादव र गाउँपालिका अध्यक्ष यादवले संत भवन निर्माणका निम्ति आ-आफ्नो ठाउँबाट सहयोग गर्न तत्पर रहेको बताए । 
कविर मन्दिर तथा सन्त भवन निर्माणका लागि स्थानीय सरयुग साह हलुवाईले ४ कठ्ठा जग्गा दान गरेका छन् भने भवन निर्माणका लागि गाउँपालिकाले २५ लाख सहयोग गरेको सरयुग साहेव कविर आश्रम सेवा समितिका सह- सचिब रामध्यानी मण्डलले जानकारी दिए ।