• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बङ्गलादेश विजयी

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बङ्गलादेश विजयी
न्यूज टुडे
राजविराज, १३ बैशाख । 
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा बिहिवार आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले विजयी हाँसिल गरेको छ । नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई  ५- ३ गोलले पराजित गर्दै बंगलादेश विजयी भएको हो । 
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले विजयी हाँसिल गरेको आयोजकले जनाएको छ । 
खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए । फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको  आयोजक फोटो पत्रकार समुहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
यस  अघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए। सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल, प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको  थियो। कार्यक्रम सफल बनाउन  प्रिण्टिङ्ग एक्सप्रेस र  म नेपाली ब्राण्डले जर्सीबाट सहयोग गरेको थियो भने गोल्ड स्टार सूजले  फूटबल जुत्ता , एन्फा एकेडेमीले ग्राउण्ड उपलब्ध गराएको थियो।
त्यस्तै  हिमाल हस्पिटलले स्वास्थ्य टीम उपलब्ध गराउँदा नेपाल एरहोस्टेजले स्वयंसेवकको भूमीका निर्वाह गरेको थियो।  कार्यक्रम  स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीले पनि  साथ दिएको अध्यक्ष वन्तले जानकारी दिए ।