• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अपहरित मगरको प्रहरीद्वारा उद्धार, गाडीसहित ५ जना पक्राउ

अपहरित मगरको प्रहरीद्वारा उद्धार, गाडीसहित ५ जना पक्राउ
न्यूज टुडे
राजविराज, १२ बैशाख ‌। 
धनुषाबाट अपहरणमा परेका उदयपुरका एक पुरुषको सप्तरीको सुरुङ्गा नगरपालिकाको करोडबोनाबाट प्रहरीले सकुशल उद्धार गरेको छ । धनुषाको मिथिला नगरपालिका ६ बाट मंगलवार दिउँसो अपहरणमा परेका उदयपुरको कटारी नगरपालिका १० का लालबहादुर थापा मगरलाई सप्तरी प्रहरीले उध्दार गरेको हो ।  
अपहरित मगरको आफन्तले धनुषा प्रहरीलाई जानकारी गराए  लगत्तै खोजतलास गर्ने क्रममा उनलाई सप्तरी प्रहरीले मंगलबार साँझ ५ बजे सकुशल उध्दर गरेको सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिध्दी बज्राचार्यले बताए । 
लालबहादुरलाई एक समूहले चार पाङ्ग्रे गाडीमा राखेर सप्तरीतर्फ ल्याएको जानकारी पाउनसाथ खोजतलास गर्ने क्रममा कडरबोनाबाट गाडीलाई रोकेर अपहरणकारीसहितलाई नियन्त्रणमा लिएको एसपी बज्राचार्यले जानकारी दिए ।
उनका अनुसार गाडीसहित अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका १ का जयकुमार तामाङ, सोही स्थानका मनिश विश्वकर्मा, उमेश विश्वकर्मा तथा सिरहाको गोलबजार नगरपालिका ६ का शंकर लामा र वडा २ का अरुण कुमार लामा रहेको प्रहरीले जनाएको छ । 
घटना संलग्न उनीहरुसहित मगरलाई मंगलबार राती नै धनुषा प्रहरीको जिम्मा लगाइएको एसपी बज्राचार्यले जानकारी दिए । 
वैदेशिक रोजगारी सम्बन्धि लेनदेनको विवाद पछि मगरलाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको धनुषा प्रहरी प्रबक्ता डिएसपी रन्जन अवाले बताए । 
“वैदेशिक रोजगारी सम्बन्धी लेनदेनको विवादपछि लालबहादुरलाई अपहरण गरेको खुलेको छ,’ डिएसपी अवाले भने, ‘रामबहादुरले विदेश पठाउँछु भनी पैसा लिएर नपठाएपछी पीडितहरुले नियन्त्रणमा लिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ, घटना बारे थप अनुसन्धान भइरहेकोले बाँकी कुरा अझै खुल्दै जानेछ ।”
 प्रहरीका अनुसार मगरले विदेश पठाउँछु भनि पैसा लियो तर फिर्ता नगरेपछि अपहरण गरेको पक्राउ परेकाहरूको भनाई छ ।