सप्तरी सदरमुकाम राजविराज नगरपालिका १६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय वाेरियामा धर्ना र भर्ना एकसाथ गरेका छन् । शिक्षक पदपूर्तिमा विवादका कारण स्थानीयहरु विद्यालय अगाडि धर्ना बसिरहेको बेला विद्यालयले भने विद्यार्थी भर्ना अभियान सुरु गरेका हुन् ।
विद्यालय भर्ना अभियान अन्तर्गत र्यालीमा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीहरु । फोटो : न्यूज टुडे
विद्यालयमा शिक्षक पदपूर्तिकाे विवादका कारण स्थानीय अभिभावकले विद्यालयमा ४ दिन देखि तालावन्दी गरेका छन् । २०८१ बैशाख ६ गतेदेखि संघर्ष समिति गठन गरी आन्दोलरत स्थानीयबासी विद्यालय अगाडि विहान ७ वजे देखि धर्नामा वसेका छन् । उनीहरूले २०७७ साल देखि हाल सम्मकाे कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले पाउने खर्च विद्यार्थीलाई नदिइ कागजमा सिमित राखेको आराेप लगाउँदै आएका छन् । शिक्षक पदपूर्तिमा मनपर्दी गरेको, दिवाखाजा , छात्रवृत्ति लगायतमा अनियमितता गरेकाे आराेप उनीहरुले लगाएका छन् ।
शिक्षक पदपूर्ति पारदर्शी गर्नुपर्ने, विद्यालयको आयव्यय सार्वजनिक गर्नुपर्ने माग राखी विराेध एवम् धर्ना कार्यक्रममा स्थानीय अभिभावक , विद्यालयसंगकाे सराेकारवालाहरु व्यक्तिहरु लगायत संघर्ष समितिहरुका पदाधिकारीहरु सहभागी छन् ।
संघर्ष समितिकाे संयाेजकमा निरज कुमार चाैधरीको नेतृत्वमा रामकेवल यादव, प्रमेश यादव, रामचन्द्र यादव, जयशंकर झा , सत्यम झा,दुर्गानन्द यादव, जयराम मण्डल, राजकुमार मण्डल, माे. रसुल मियाँ , संताेष चाैधरी,वुधन मण्डल , संताेष चाैधरी, श्रीमती विमल देव, शान्ति देवी यादव,धिरेन्द्र यादव संघर्ष समितिका सदस्य तथा स्थानीयबासी विहान ७ वजे देखि धर्नामा बसेको स्थानीयले बताएका छन् । उनीहरुले माग सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।
अभिभावक तथा स्थानीयहरु आन्दोलनमा उत्रिएका वेला विद्यालयका प्रधानाध्यापक ,शिक्षक र विद्यार्थीहरुले नयाँ विद्यार्थी भर्ना अभियान सुरु गरिएका छन। विद्यालयका प्रधानाध्यापक , शिक्षक र विद्यार्थीहरुले नयाँ विद्यार्थी भर्ना अभियानको लागी र्याली लिकालेका छन् । विद्यालयका प्रधानाध्यापक रमानन्द सुनरैत यादवले विद्यालयकाे स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष भादाै ३० गते विद्यालयकाे हरहिसाव सार्वजनिक गर्दै आएको बताए । राजविराज नगरपालिकाले यस विद्यालयकाे खातामा जबसम्म रकम पठाउँदैन , तब सम्म पुरानाे किताब र दिवाखाजा सुरु नगर्ने उनले अडान राखे ।