नर्मदेव यादव
रुपनी, ७ बैशाख ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले विद्यालय भर्ना अभियान २०८१ उद्घाटन गरेका छन् । श्री कन्छु नरप्रताप माद्यामिक विद्यालय रायपुरद्वारा विद्यालय प्राङ्गणमा शुक्रबार आयोजित एक समारोहका विच अध्यक्ष यादवले विद्यालय भर्ना अभियान २०८१ को उद्घाटन गरेका हुन् ।
“सबै वालवालिकाको विधालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता” नाराको साथ भर्ना अभियानको उद्घाटन गर्दै अध्यक्ष यादवले विद्यालय उमेर समुहका सम्पुर्ण बालबालिकालाई विद्यालय भर्ना गर्नुपर्नेमा जोड दिए ।
“चाहे दलित होस,मुस्लिम होस, गरिव होस या धनी होस सबै बालबालिकालाई विद्यालय पठाउनु पर्छ, अध्यक्ष यादवले भने, अभिभावकहरुले जिम्मेवार भएर आफ्नो बालबच्चाहरुलाई समयमा विद्यालय पठाउनु पर्छ।”
उनले आर्थिकको कारण समस्यामा छ भने त्यस्तो वालवालिकालाई सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।
उनले अभिभावकहरुले जांड रक्सी सेवन नगरी आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे । वालवालिकालाई विद्यालय नपठाउने विद्यालय नजाने बालबालिकाहरुको पालिकाबाट पाउने सेवा सुविधा रोक्न चेतावनी दिए ।
जाँड रक्सी, ध्रुमपानसहितका अन्य दुर्व्यसनीबाट बालबालिकालाइ अलग राख्न अध्यक्ष यादवले आग्रह गरे।
अध्यक्ष यादवले शिक्षकहरुले पनि आफ्नो जिम्मेवारीबाट पछि नहटी विधार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरि सबल वनाउन लाग्न निर्देशन दिए । विद्यालयमा कुल १हजार ३ सय ६५ बिद्यार्थी थियो ।
एसइई मा १ सय १९ जना बिद्यार्थी बाहिरीएकोमा १ सय २५ जना विधार्थी भर्ना गर्ने लक्ष्य रहेको छ साथै जुनसुकै कक्षामा भर्ना हुने बिद्यार्थीको लागि इन्ट्रान्स प्रक्रियाबाट छ्नोट हुने विद्यालयले जनाएको छ।
बैशाख १२ गते सम्म संचालन हुने भर्ना अभियानमा इन्ट्रान्स भने बैशाख १४ गते लिइने विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दुर्गानन्द ठाकुरले जानकारी दिए। अभियान अन्तर्गत वडा नम्बर १,२ का विभिन्न टोलमा र्याली निकालिने उनले जानकारी दिए।
र्यालीमा रुपनी गाउँपालिका शिक्षा संयोजक रामलखन यादव,विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ठाकुर सदस्यहरु प्रधानाध्यापक पर्शुराम यादव,शिक्षकहरु बिद्यार्थीहरु प्लेकार्ड र माइकिङसहित अभियान संचालन गर्ने जनाइएको छ ।