• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सामाजिक रुपान्तरणका लागि विकृति विसंगति अन्त्य हुनुपर्छ : मन्त्री लेखी

सामाजिक रुपान्तरणका लागि विकृति विसंगति अन्त्य हुनुपर्छ : मन्त्री लेखी

न्यूज टुडे

राजविराज, १ बैशाख । 
मधेश प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राज कुमार लेखीले समाज रुपान्तरणका लागि अहिले व्याप्त रहेको सामाजिक विकृति विसंगति अन्त्य हुनुपर्ने बताएका छन् ।  सप्तरीको अग्नीसाईर कृष्णाससरन गाउँपालिका ६ स्थित डाँडाघरेमा शनिबार गौरी खोलामा नवनिर्मित झोलुङ्गे पुल उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 
गौरमौराईन वन उपभोक्ता समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री लेखी । फोटो : न्यूज टुडे
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले दिनप्रतिदिन युवापुस्तामा बढ्दै गएको लागूऔषध दुर्व्यशनीले सामाजिक बिकृती फैलाएको भन्दै चिन्ता व्यक्त गरे । 
उनले लागुऔषधले समाज र राष्ट्रलाई पुर्‍याएको क्षतिबारे जनजागरण गराउन अभियान चलाउनुपर्नेमा  जोड दिए । 
“सामाजमा गरिवी, अशिक्षा, असमानता भेदभाव बेरोजगारी हुनुहुदैन, मन्त्री लेखीले भने, सम्मजमा विकृति विसंगति व्याप्त छ, यसलाई न्यूनीकरण गर्न जनता शिक्षित हुनुपर्छ, गरिवी, भेदभाव, अशिक्षा र असमानतालाई हटाउनु पर्छ । ” 
पुल उद्घाटनमा आएका मन्त्रीको स्वागतमा बसेका पन्चकन्याहरु । फोटो : न्यूज टुडे
उनले समाजमा यस्ताखाले कुरिती, कुसंस्कार र अशिक्षा कायम रहँदा सामाजिक रुपान्तरण हुन नसकेको टिप्पणी गरे ।
बढ्दो दुर्व्यशनी समाज रुपान्तरणको मुख्य बाधक भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री लेखीले यसलाई हटाउन नागरिक समाज, राजनीतिककर्मी, संचारकर्मी, कानुन व्यवसायी, राज्यका हरेक निकाय गम्भीर हुनुपर्ने आबश्यकता औल्याए । 
लागु औषध दुर्व्यशनी न्यूनीकरणका लागि आफ्नै क्षेत्रबाट अभियान सुरु गर्ने उद्घोष गर्दै मन्त्री लेखीले सामाजिक परिबर्तनको अभियानमा सम्पुर्ण सचेत नागरिकलाई सहयोगका लागि आग्रह गरे । 
देश विकास र सुशासनका लागि जनप्रतिनिधिहरु र समाजिक अगुवाहरु अनुशासित हुनु जरुरी हुने उनको भनाइ थियो । 
पुल निर्माणले स्थानीय पर्यटन क्षेत्रको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री लेखीले पर्यटन विकासको प्रचुर सम्भावना रहेको प्राचीन इतिहास बोकेको तिरहुत गौरमौराईन मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने बताए । उनले मन्दिर क्षेत्रसम्म पुग्ने बाटो, पानी,विजुली लगायतका आबश्यक पुर्वाधार निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री लेखीले तिरहुत गौरमौरायन मन्दिरको बारे स्थलगत निरीक्षण गरि जानकारी समेत लिएका थिए । यसअधि मन्त्री लेखीले  सोही स्थानमा रहेको गौरी खोलामा ७३ लाख ७१ हजार ७ सय ३८ रुपियाँ ८५ पैसाको लागतमा नवनिर्मित झोलुङ्गे पुल रिवन काटेर उद्घाटन गरे । 
टिविएसयु हेल्वाटासको ९२ प्रतिशात गाउँपालिकाको ६ प्रतिशत र स्थानीय जनश्रमदान २ प्रतिशतको लगानीमा झोलुङ्गे पुल निर्माण गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष ढक बहादुर मगरले जानकारी दिए ।