• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पीडित पत्रकार समुहको अल्टिमेटम बिहीवार सकिंदै

पीडित पत्रकार समुहको अल्टिमेटम बिहीवार सकिंदै
न्यूज टुडे
राजविराज, २९ चैत । 
सदस्यता हटाउने सुचीमा नाम समाबेश गरेको भन्दै आन्दोलनमा उत्रिएका नेपाल पत्रकार महासंघ शाखा सप्तरी आवद्ध पत्रकारहरुले महासंघलाई दिएको तीन दिने अल्टिमेटम सकिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अधिबेशन गर्न चैत मशान्तसम्मको समय तोकेपछी त्यसलाई सहजता प्रदान गर्न भन्दै तालाबन्दीसहितको आन्दोलनका कार्यक्रम स्थगित गरेका उनीहरुले पुन: संघर्षमा जाने भनि महासंघ सप्तरी शाखालाई दिएको तीन दिने अल्टिमेटम बिहीवार सकिएको हो । 
केन्द्रिय समितिले घोषणा गरे अनुसार जिल्ला अधिबेशनको मिति घोषणा गर्नुपर्ने लगायतका माग गर्दै पीडित पत्रकारहरुको तर्फबाट शाखा सप्तरीका पुर्व अध्यक्ष एवम् सल्लाहकार जितेन्द्र खड्गाले मंगलबार पत्रकार महासंघलाई पत्राचार गर्दै माग पूरा नभए तालाबन्दीसहितको सशक्त संघर्षमा उत्रिले चेतावनीसहित तीन दिने अल्टिमेटम दिएका थिए ।
आफुहरुले दिएको अल्टिमेटम अनुसार माग सम्बोधन नगरिए शुक्रबार महासंघका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने खड्गाले बताए ।
 यसअघि केन्द्रीय समितिले घोषणा गरेको महाधिवेशन  तथा अधिबेशन बमोजिम शाखालाई काम गर्न सहज होस् भन्ने उदेश्यले ताला खोलिएपनि अधिबेशनको प्रक्रिया अगाडि नसारेकोले पुन: संघर्षमा उत्रिन बाध्य भएको पीडित पत्रकार समुहका खड्गाले बताए ।  उनले शुक्रबारदेखि महासंघमा तालाबन्दी  गर्नेसहितको आन्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी दिए । 
महासंघ जिल्ला नेतृत्वले अधिबेशनको मिति घोषणा नगरेकोले फेरि आन्दोलनमा जान बाध्य भएको पत्रकार शिव नारायण साह ( सुरज) ले बताए । माग कायमै राखी तत्कालका लागि ताला खोलिएको बताउँदै उनले महासंघ नेतृत्वले आफुहरुको कमजोरी बुझेर बेवास्ता गरेकोले पुन: आन्दोलनमा जानुको विकल्प नरहेको पीडित पत्रकारहरुले निष्कर्ष निकालेर फेरि संघर्षमा जाने निर्णय गरिएको जानकारी दिए । 
महासंघ सप्तरीमा लगाएको ताला केन्द्रिय सर्कुलर अनुसार अधिबेशन गर्न सहज होस् भन्ने उदेश्यले आन्दोलनरत पत्रकारहरुले आफै ताला खोलिदिंदा समेत महासंघ सप्तरी शाखाले अधिबेशन तयारी गर्न नसकेको उनको भनाइ छ । 
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको गत चैत ७ गतेको बैठकको निर्णय अनुसार बैशाख २१ र २२ गते केन्द्रिय महाधिवेशन र बैशाख १ देखि १२ गतेसम्म प्रदेश समितिको अधिबेशन र त्यसअघि  सम्पुर्ण शाखा समितिहरुको अधिबेशन गरिसक्ने सूचना लिकालेका थिए । 
केन्द्रिय समितिले तोक्नुअनुसार १५ दिन अगाडि  जिल्ला अधिबेशनको मिति घोषणा गरि सूचना निकाल्नुपर्ने विधानमा व्यवस्था भएपनि महासंघ शाखा सप्तरीले सूचना जारी नगर्दा अधिबेशन अनिश्चित भएको पीडित पत्रकारहरुले बताएका छन् । 
सदस्यता सुद्विकरणको विवादको मार खेपिरहेका शाखा सप्तरीले केन्द्रिय समितीले चैत मसन्तसम्ममा शाखा अधिबेशन सक्नुपर्ने निर्णय बमोजिम १५ दिन पहिले नै अधिबेशनको मिति घोषणा गरि सूचना निकाल्नु पर्नेमा सूचना जारी नहुँदा अधिबेशन अन्यौल भएको उनीहरुको भनाइ छ ।  
महासंघ शाखा सप्तरीको साधारणसभा अविलम्ब गरि शाखाका सम्पुर्ण सदस्यहरुलाई सहभागी गराउनु पर्ने, पत्रकारिता क्षेत्रमा योगदान गरेका तथा सक्रिय पत्रकारहरुको सदस्यता कायम गर्नुपर्ने, क्रियाशिल पत्रकारहरुलाई नयाँ सदस्यता दिनुपर्नेसहितका माग अघि सारी पीडित पत्रकारहरुले गत फागुन २४ गते महासंघ सप्तरीको कार्यालयमा तालाबन्दी गरेका थिए भने केन्द्रिय समितिको चैत ७ गतेको बैठकले चैतभित्र जिल्ला अधिबेशन गर्नुपर्ने निर्णय गरेपछि चैत ११ गते उनीहरु आफैले ताला खोली महासंघलाई जानकारी पत्र बुझाएका थिए ।
यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रावण कुमार देवले केन्द्रले परिपत्र नगरेकोले अधिबेशनको मिति घोषणा नगरिएको बताउँदै आएका छन्  । केन्द्रको सर्कुलर आउँनसाथ अधिबेशनको मिति तोक्ने उनको भनाइ छ ।