• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोसपाद्वारा स्वर्गीय लौगीप्रति श्रद्धाञ्जली अर्पण

लोसपाद्वारा स्वर्गीय लौगीप्रति श्रद्धाञ्जली अर्पण
न्यूज टुडे
राजविराज, २८ चैत । 
लोकतान्त्रिक समाजवादी पार्टीद्वारा स्वर्गीय मनोरन्जना लौगीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । लोसपा नेताकार्यकर्ताहरुले बुधबार स्वर्गीय लौगीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । 
लोसपा केन्द्रिय उपाध्यक्ष जय प्रकाश ठाकुर, केन्द्रिय सदस्य एवम् रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, केन्द्रिय सदस्य एवम् राजविराज नगरपालिकाका पुर्व मेयर शम्भु प्रसाद यादव, केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष शुनिल कुमार झा, लोसपा नेता एवम् जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, लोसपा रुपनी गाउँपालिका अध्यक्ष एवम् रुपनी गाउँपालिका वडा नम्बर १ का पुर्व अध्यक्ष पिताम्बर यादवलगायतका स्थानीय नेताकार्यकर्ताले स्वर्गीय लौगीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
यसैगरी हनुमान नगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र कुमार माझी, रुपनी गाउँपालिकाका पुर्व अध्यक्ष हरेराम यादव, जसपा रुपनी गाउँपालिका अध्यक्ष बलराम यादवलगायतका एमाले, नेकपा एस, जनमतसहितका विभिन्न पार्टीका नेताकार्यकर्ताले समेत स्वर्गीय लौगीको पार्थिव शरीरमा फुलमाला खदा, ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । 
स्वर्गीय लौगीलाई विभिन्न पार्टी तथा उच्च व्यक्तित्वहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेपछि बुधबारै सामाजिक परम्परा अनुसार खाडो खोलामा अन्त्यष्टी गरिएको स्वर्गीय लौगीका श्रीमान हरि नारायण लौगीले बताए ।
स्वासप्रस्वास तथा  निमोनिया रोगबाट पीडित स्वर्गीय लौगी लामो समय विराटनगरमा उपाचार्थरत रहेकी थिइन् । अस्पतालबाट घर ल्याएको दुइदिपछी रुपनी गाउँपालिका ६ विरेन्द्र बजार स्थित आफ्नै निवासमा मंगलबार दिउँसो ६४ बर्षको उमेरमा उनको निधन भएको थियो ।  
लौगी रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीकी सासू आमा हुन् । स्वर्गीय लौगीको श्रीमान, एक छोरा र एक छोरी छन् । 
उनी सालिन तथा दयालु स्वाभावकी थिइन् । स्वर्गीय लौगी गरिव विपन्नहरुलाई आर्थिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगी भावना भएकी व्यक्तित्व थिइन् ।