न्यूज टुडे
कञ्चनपुर ,२० चैत ।
सप्तरीको कन्चनरुप नगरपालिका ८ बेरियरमा मंगलबार जुनोटिक ( रेबिज) रोग सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रममा आयोजना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय टेकु काठमाडौको सहयोगमा कञ्चनरुप नगरपालिकाले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कञ्चनरुप- ८ स्थित बेरियरमा रहेको मिथला पार्टी प्यालेसमा रेबिज रोग कसरी सर्छ र उक्त रोगबाट बच्ने उपायहरु सन्दर्भमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
जनावरहरु ,पशुपंक्षी र ती पशुपंक्षीमा हुने व्यकटेरिया,भाइरस मानिसमा सर्ने भाइरस र मान्छेबाट पनि पशुपंक्षिमा सर्ने रोग नै जुनोटिक रोग रहेको प्रशिक्षक विहारी महतोले बताए । रेबिज कसरी सर्छ बारे जानकारी गराउँदै उनले मानिसमा ९६ प्रतिशत कुकुरको टोकाइबाट सर्ने भएपनी,२ प्रतिशत बिरालोको टोकाइबाट र बाँकी अन्य जनावरबाट रेबिज लाग्ने गरेको महतोले बताए ।
मानिसबाट मानिसमा रेबिज बिरलै मात्रै सर्ने भएपनी,रेबिज रोग लागेका बिरामीलाई हेरचाह गर्दा अत्यन्तै सतर्क हुन जरुरी रहेको महतोले जानकारी गराए ।
नेपालमा रेबिजको अवस्था बारे जानकारी दिंदै महतोले रेबिज रोगका कारण एक सय जनाको हाराहारीमा मानिसको मृत्यु हुने गरेको बताए ।
रेबिज भ्याक्सिन वर्षमा ५० हजार ब्याक्तीले लिने गरेको तथ्यांकले देखाउँछ भने भ्याक्सिन लिन नसकेको वा छुटेको संख्या पनि ठूलो मात्रामा रहेको महतोले जानकारी गराए । रेबिजलाई उन्मुलन गर्नको लागि कुकुर,बिरालोमा भ्याक्सिन लगाउन जरुरी रहेको बताउँदै उनले अनिमात्र रेबिज उन्मुलन हुने समेत उल्लेख गरे।
उनले रेविजबाट बाँच्न सबै पक्षले जनचेतना फैलाउनु पर्नेमा जोड दिए ।
जनस्वास्थ्य निरीक्षक सुधिर बानियाँले समाजमा रेबिज रोग सम्बन्धि यथार्थ र भ्रमको बारे चर्चा गर्दै उनले रेबिजबाट बच्न र रोकथाम गर्नका लागी प्राय: वार्षिक रुपमा पटक- पटक कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउनु आबश्यक रहेको स्पष्ट पारे ।
” रेबिज प्राणघातक रोग हो, उनले भने, रेबिज लागिसकेपछी यसको कुनै उपचार छैन । मृत्युपुर्व विरामीको दुखाई र चिन्ता कम गर्नु र बिरामीलाई सकेसम्म सहज बनाईराख्नु नै रेबिजको उपचारको मुख्य पाटो रहेको निरीक्षक बानियाँले बताए ।
अन्तरक्रिया कार्यक्रममा कञ्चनरुप पालिकाको चिकित्सक ,स्वास्थ्यकर्मी ,पशुचिकित्सक ,जनप्रतिनिधि ,शिक्षक तथा महिला स्वयंसेविका गरि ८० जनाको सहभागिता रहेको थियो ।