• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा सातदिने योग शिविर संचालन
नर्मदेव यादव
रुपनी, १४ चैत । 
योग गरो निरोग रहो नाराको साथ सप्तरीको रुपनी गाउँपालिका वडा १ स्थित रुपनीमा सात दिने योग शिविर सुरु भएको छ । रुपनी गाउँपालिका वडा नम्बर १ वडा कार्यालयको आयोजना तथा माँ रुपनी देवी  योग ज्ञान केन्द्र रुपनीको समन्वयमा सात दिने योग शिविर संचालन गरिएको हो।
शिविर उद्घाटन समारोहमा मन्चासिन प्रमुख अतिथि अध्यक्ष यादवसहित अतिथि गणहरु । फोटो: न्यूज टुडे
ज्ञान केन्द्रका अध्यक्ष शिव नारायण यादवको अध्यक्षतामा आयोजित शिविरको प्रमुख अतिथि रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश  कुमार यादवले बुधबार एक समारोहका विच पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरे ।  
योग शिविर उद्घाटन गर्दै अध्यक्ष यादवले अहिलेको समयमा सबै जनाले अनिवार्य रुपमा योग गर्नुपर्नेमा जोड दिए । उनले आ-आफ्नो घरको काम छोडेर भएपनि निरोगी हुन यो शिविरमा सहभागी हुन सम्पुर्ण बजार तथा गाउँ बासीहरुलाई आग्रह गरे ।  बिहान ५ बजे उठेर प्रत्येक दिन योग गरेमा आधी बिमारी निको हुने बताउँदै अध्यक्ष यादवले शिविरमा सातैदिन आउन र छरछिमेकीलाई समेत लिएर सहभागी हुन अनुरोध गरे  ।उनले शिविर संचालन गरेकोमा खुशी व्यक्त गर्दै आयोजक तथा योग सिकाउने गुरुलाई धन्यवाद समेत दिए । 
कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख   शम्भु कुमार यादव, रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव,वडा नम्बर १ की  वडा सदस्य बबिता साह,अनार देवी पासवान,पुनिता देवि मण्डल,वडा १ का सचिव गिरधर महतो,योग समितीका गजेन्द्र भगत,विभा साह, फुलदेव यादव,रामसेवक साह,जलेश्वरी देवि यादव,मिना देवि साह,घनश्याम यादव,सन्तोष यादव,किसुन साह,प्रभु यादव,लखन साह,प्रशिकहरु रामस्वरुप चौधरी,शान्ती देवि चोधरी,सुवेश चन्द दास लगायतको उपस्थिति थियो।
उपेन्द्र चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत रामस्वरुप चौधरीले  गरे ।
चैत १४ गतेदेखि २० गतेसम्म संचालन हुने शिविरमा योगिक जोगिन १२ पोज,सुर्य नमस्कार १२ पोज,दण्ड बैठक १२ पोज,बैठक ८ पाेज ,सुक्ष्म व्यायामहरु,प्राण व्यायाम ८ पोज, ( भस्त्रइका,कपालभाती,बाहय प्रगयाम, अग्नीसाईर क्रिया ,उज्जाई अनुलोमविलोम,भ्रामरी,प्रनभ ध्यान लगायतका योगहरु सिकाइने आयोजक समितिका सदस्य गजेन्द्र भगतले जानकारी दिए ।