सप्तरीको रुपनी गाउँपालिकाद्वारा कक्षा ८ को परिक्षालाई मर्यादित वनाउने बारे गाउँपालिका स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा आइतबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सहजीकरण गर्दै विद्यालय निरीक्षक थापा । फोटो: न्यूज टुडे
रुपनी गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका शिक्षक सहभागी अभिमुखीकरण कार्यक्रमको सहजीकरण विद्यालय निरीक्षक विदुर बिक्रम थापाले गरेका थिए ।
कानुन भित्र रहि प्राथमिक तहको शिक्षकलाई निरिक्षकमा राख्ने,निरिक्षकले मोवाइल बोक्नु नहुने, परिक्षा संचालन हुनुभन्दा ३० मिनेट अगाडि केन्द्राध्यक्ष, सुरक्षाकर्मीको रोहवरमा उत्तर पुस्तिकाको पोका खोल्ने ,परिक्षामा अनुगमनकर्तालाई लिखित रुपमा पहिले अनुमति लिएको पत्र देखाएमा मात्र भित्र जान दिने,परिक्षा समाप्त भइ सकेपछि उत्तर पुस्तिकालाई गिन्ती गरि मुचुल्का उठाई शिलबन्दी गर्ने ,लगायतको नियमहरुको बारे थापाले सहभागीहरुलाई जानकारी गराएका थिए ।
२०८० चैत १५ गते देखि २३ गतेसम्म संचालन हुने परिक्षामा गाउँपालिका अन्तर्गतका ४ सय २१ जना छात्रछात्रा सहभागी हुने गाउँपालिकाले जनाइएको छ ।
मावि रायपुर सेन्टरमा माबि हर्दिया कटैया,माबि तेरहौता र भगवती बोर्डिङ स्कुल रुपनी गरि तीन विद्यालयका १ सय ७२ बिद्यार्थी ,माबि तेरहौता सेन्टरमा अधारभुत जगमोहन,माबि बसपिट्टी गरि २ विद्यालयका ८८ वटा बिद्यार्थी र माबि हर्दिया कटैया सेन्टरमा,माबि रायपुर,अधारभुत विद्यालय छ्पकी भथोल,अधारभुत विद्यालय हरिरावा गरि ३ विद्यालयको १ सय ६१ बिद्यार्थी परिक्षामा सहभागी हुने रुपनी गाउँपालिकाका शिक्षा संयोजक राम लखन यादवले जानकारी दिए ।