• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजलाई हरित शहरको रुपमा विकास गर्छु : मन्त्री साह

राजविराजलाई हरित शहरको रुपमा विकास गर्छु : मन्त्री साह
न्यूज टुडे
राजविराज, १० चैत । 
वन तथा बाताबरण मन्त्री नवलकिशोर साहले देशकै पुरानो राजविराज नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । होली पर्वको अवसरमा जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो  प्रतिबद्धता व्यक्त गरेका हुन् । 
जसपा सप्तरीद्वारा आयोजित होली पर्वको अवसरमा आयोजित नवनियुक्त वन मन्त्रीको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सहभागी नेताकार्यकर्ताहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मन्त्री साहले राजविराज नगरपालिकालाई  दुषित शहरको रुपमा हेर्ने दृष्टिकोणबाट मुक्त गर्न सबैको सहयोग आबश्यक हुने बताए ।  उनले राजविराज नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्न विस्तारित परियोजना प्रस्ताव बनाएर  पेश गर्न आग्रह गरे । 
“आफुलाई ७७ वटै जिल्लाको विकास गर्ने जिम्मेवारी थपिएको छ तर सप्तरीको विकास गर्ने थप अभिभारा ममाथि छ, मन्त्री साहले भने, तपाईहरु आफ्नै साथीभाई जस्तो सम्झेर मलाई विकासमा सहयोग  गर्नुस्, राजविराजमा एकहजार वृक्ष रोपन गरेर हरित क्रान्ति ल्याउँछु ।”
सबैको सामुहिक प्रयासले मात्र विकास निर्माणको कार्यमा सफलता हाँसिल हुने बताउँदै  उनले जिल्लाको समग्र विकासमा सबैजना एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जसपा नेता पुर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव । फोटो : न्यूज टुडे
जसपाका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् पुर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादवले सबैखाले रिस, राग, ईष्र्या तथा आन्तरिक समस्यालाई होली पर्वले अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले होलीले सबैमा खुशी, शान्ति र सुख कायम गरोस् भन्दै शुभकामना व्यक्त गरे । 
शुभकामना तथा सम्मान कार्यक्रममा मन्चासिन प्रमुख अतिथि वनमन्त्री साहसहित अतिथिगणहरु । फोटो : न्यूज टुडे
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा राजनीतिक समिति सदस्य अमर मण्डल,  केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष सुमन चौधरी, केन्द्रिय सदस्य विकास कुमार तिवारी, रमिला देवी साह, प्रेस मञ्च नेपालका महासचिव अबवेश कुमार झा पार्टीका केन्द्रीय सदस्य रामेश्वर मण्डल, गिता यादव,  सल्लाहकार समिति सदस्य राधेश्याम पण्डित, प्रदेश सदस्य छेदी यादव, सावित्री पण्डित, समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष संजय कुमार यादव, जसपा जिल्ला सदस्य लाल बहादुर महतोलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
जसपा सप्तरीका सचिब हरेराम यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य बृजमान तामाङले गरे ।
वन मन्त्री साहलाई सम्मान गर्दै जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा नव नियुक्त वन तथा बाताबरण मन्त्री साहलाई खदा लगाएर सम्मान गरिएको थियोे ।