• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हलुवाई समाजले हर्षोल्लासकोसाथ मनाए होली

हलुवाई समाजले हर्षोल्लासकोसाथ मनाए होली
न्यूज टुडे
राजविराज, १० चैत । 
हलुवाई सामाज नगर समिति राजविराजले होली पर्वको अवसारमा परिवारिक होली समारोहको आयोजना गरेको छ । हलुवाई समाज नगर समिति राजविराजका अध्यक्ष लक्ष्मण साहको अध्यक्षता तथा  केन्द्रिय संस्थापक अध्यक्ष शिव नारायण साह (सुरज)को प्रमुख आतिथ्य एवम्  केन्द्रिय अध्यक्ष सत्रुधन साहको विशिष्ट आतिथ्यमा शनिबार आयोजित एक भव्य कार्यक्रमको  विच होली परिवारिक मिलन समारोह आयोजना गरिएको हो । 
हल्वाई समाजद्वारा आयोजित होली परिवारिक मिलन समारोहमा सहभागीहरु । फोन : न्यूज टुडे
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले देशको आर्थिक रुपान्तरणमा हलुवाई जातीको अतुलनीय योगदान रहेको बताए । सामाजिक तथा आर्थिक रुपान्तरणमा हलुवाई जातिले गरेको योगदानको आधारमा राज्यले अवसर नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले हलुवाई जातिले देश विकास र आर्थिक समृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै हल्वाई जातिलाई राज्यको हरेक निकायमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए । 
राज्यले अवसार नदिंदा हलुवाई समुदाय आर्थिक, राजनीतिक, शैक्षिक रुपमा पछाडी परेको भन्दै उनले हलुवाई समाजको विकासका लागि राज्यले लगानी गर्नुपर्ने आवश्यकता औल्याए । 
विशिष्ट अतिथि केन्द्रीय अध्यक्ष साहले हल्वाईसहित  मधेशी समुदायको  पहिचान, सान र स्वाभिमानसंग जोडिएको होली पर्वको अवसारमा कार्यक्रम आयोजना गरेकोमा नगर समितिको प्रशंसा गरे । उनले कार्यक्रमले साँस्कृतिक पर्व होली पर्वको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 
जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा केन्द्रिय संस्थापक महासचिव महेश प्रसाद साह, केन्द्रिय सचिब शिवजी साह, केन्द्रीय सल्लाहकार बंसराज साह, ओविसिका केन्द्रिय प्रबक्ता एवम् लोसपा केन्द्रिय सदस्य उपेन्द्र साह, केन्द्रिय संस्थापक सदस्य प्रदिप साह, जिल्ला अध्यक्ष चन्देश्वर साह, जिल्ला सचिब भगवानी साह, आशा साहलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
रवीन्द्र साह र रेणुका साहद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत हलुवाई समाजकी केन्द्रीय सदस्य रमिलादेवी साहले गरिन । 
कार्यक्रममा विभिन्न होली गित प्रस्तुत गरि एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।