• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कक्षा १० का विद्यार्थीहरूको विदाई
उत्तम आचार्य 
कञ्चनरुप, ९ चैत्र ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२, रुपनगर स्थित रहेको सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुलबाट एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई विदाई गरिएको छ ।  विद्यालयमा शुक्रबार आयोजित एक समारोहका विच शैक्षिक शत्र २०८० को एस.ई.ई. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।
विद्यालयका प्रिन्सिपल पुष्प बहादुर कार्कीको अध्यक्षता तथा विद्यालयका संस्थापक प्रमोद कटुवालको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको विद्यालयले जनाएको छ ।
कक्षा ९ का विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको विद्यालयले जानकारी गराएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कटुवालले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए  । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे ।
शिक्षक पुष्प कार्कीले विद्यार्थीहरु परिक्षामा अनुशासित भइ निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याइ अरु विद्यार्थी भन्दा राम्रो भइ अगाडि बढन आग्रह गरे ।
मयाको चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफूहरुलाई विदाई गरेकोमा धन्यावाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताइन् । विधालयकोवातावरण राम्रो भएकाले कुनै कठिनाई महशुस नभएको कक्षा १० का विद्यार्थीहरुले बताएका छन् ।
कार्यक्रममा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामाना सहित विदाई गरिएको छ ।उक्त अवसरमा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । 
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल विनोद महतो, शिक्षकहरु  शुभाष मण्डल , पुष्कर कटुवाल, अनिल महतो, विनिता पोखरेल , दिपा श्रेष्ठ, कञ्चन बञ्जरा, सियाराम मंडल ,पत्रकार उत्सव आचार्य लगायतले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको सुन्दर भविष्यको कामनासहित मन्तव्य व्यक्त गरे । 
शिक्षक रमेश प्रसाद तिमिल्सेनाद्वारा संचालित कार्यक्रममा स्वागत कक्षा नौ की छात्रा कृति महतोले गरेकी थिइन् । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरू लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयले विद्यार्थीको मनोबल बढाउनको लागि प्रत्येक साल बिदाई कार्यक्रम गर्दे आएको छ । यस वर्ष ५ औं व्याचलाई विदाइ गरिएको जनाइएको छ ।