• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगितामा  तिलाठी र काे. मधेपुरा बिजयी 

गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगितामा  तिलाठी र काे. मधेपुरा बिजयी 
न्यूज टुडे
राजबिराज, ८ चैत । 
तिलाठी-काेईलाडी गाउपालिका स्तरिय टि ट्वान्टी प्रतियाेगितामा तिलाठी र काे.मधेपुरा बिजयी भएको  छ। मावि बभनगामाकट्टी खेलमैदानमा बिहिवार सम्पन्न दुई वटा खेलमा तिलाठीले काेईलाडी टिम लाई ६ बिकेटले र काे. मधेपुराले लाैनियालाई २ रनले पराजित गर्दै बिजयी भएकाे हाे।
उत्कृष्ट खेलाडीको उपाधि ग्रहण गर्दै रघु मण्डल । फोटो : न्यूज टुडे
पहिलाे खेलमा टस जितेर वडा ४ काेईलाडीले निर्धारित १० ओभरकाे खेलमा दुई बिकेट गुमाई ६५ रनकाे याेगफल खडा गरेका थिए। । जवाफमा वडा १ ले ९ ओभरमा ४ बिकेट गुमाई बिजयी भएका थिए । खेलकाे म्यान अफ दि प्लेयर सक्देश झा घाेषित भएका थिए।
बिहिवार सम्पन्न दाेस्राे खेलमा टस जितेर वडा २ लाैनियाले वडा ६ काे. मधेपुरालाई ब्याटिंग दिएपछि मधेपुराले ५ ओभरमा ५ बिकेटकाे क्षतिमा २५ रन बनाएका थिए। जवाफमा लाैनियाले निर्धारित ५ ओभरमा ७ बिकेट गुमाएर २५ रन मात्र बनाउन सकेपछि मधेपुरा २ले रनले जित निकालेकाे हाे।
उक्त खेलमा प्लेयर अफ दि म्याच वडा ६ का रघु मण्डल घाेषित भएकाे प्रतियाेगिता संयाेजक ज्ञानेन्द्र यादबले जानकारी गराए।