• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वन मन्त्री साह गृह जिल्ला आउँदै
न्यूज टुडे
राजविराज, ८ चैत । 
नेपाल सरकारका वन तथा बाताबरण मन्त्री नवनकिशोर साह शुक्रबार गृह जिल्ला सप्तरी आउने भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद साह मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् ।
मन्त्री साह हवाई मार्ग हुँदै राजविराज विमान स्थलमा शुक्रबार आउने जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । मन्त्री साहलाई जिल्ला स्थितका जसपा नेताकार्यकर्ताले शुक्रबार दिउँसो १ बजे विमान स्थल पुगेर भव्य स्वागत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । 
साह जसपा सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित होलि पर्वको शुभकामना आदानप्रदान कार्यक्रम तथा जिल्ला स्थित विभिन्न स्थानीय तहद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जनता समाजवादी पार्टी सप्तरीले जनाएको छ । 
गृह जिल्ला बसाईको क्रममा मन्त्री साहले आफू मातहत हुने जिल्लाको विकास र जनताको समस्या बारे जानकारी लिन स्थलगत अध्ययन अनुसन्धान गर्ने कार्यक्रम समेत रहेको मन्त्री साहको निजि सचिवालयले जानकारी दिएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिका निवासी प्रतिनिधिसभा सदस्य साह फागुन २७ गते वन तथा बाताबरण मन्त्री नियुक्त भएका थिए ।