• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गाउँपालिका स्तरीय कप क्रिकेट प्रतियोगितामा लाैनिया र बरसाईन बिजयी

गाउँपालिका स्तरीय कप क्रिकेट प्रतियोगितामा लाैनिया र बरसाईन बिजयी
न्यूज टुडे
राजबिराज, ६ चैत । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित बभनगमाकट्टीमा जारी गाउँपालिका स्तरीय क्रिकेट प्रतियाेगिताको चौथो दिनसम्पन्न खेलमा काे.बरसाईन र लाैनियाँ बिजयी भएको छ । 
मावि भवनगामाकट्टीको खेलमैदानमा मंगलवार सम्पन्न पहिलाे खेलमा वडा ५ काे.बरसाईनले वडा १ तिलाठीलाई २४ रनले र वडा २ ले वडा ७ मन्सापुरलाई ७ बिकेटले पराजित गर्दै जित हात पारेकाे हाे।
पहिलाे खेलमा वडा ५ ले टस जितेर सबै बिकेट गुमाई ८६ रनकाे याेगफल खडा गरेका थिए।जसमा राहुल रजक २७ रन अविजित बनाएका थिए। बलिंग तर्फ वडा १ तिलाठीका आलाेक झा, विशाल मण्डलले समान ३/३ बिकेट लिए।।जवाफमा वडा १ ले ९ बिकेट गुमाएर ६२ रन मात्र बनाएका थिए।।जसमा अमिर राय १३ र शिव काम‌ैतले १० रन बनाए।
बलिंग तर्फ वडा ५ का विशाल शर्मा, दिपेश मण्डल ३/३ बिकेट, दिपेश सरदार २ र गाेलु राय १ बिकेट लिएका थिए। खेलकाे प्लेयर अफ दि म्याच बिशाल शर्मा घाेषित भएका थिए।
यसैगरी आजै सम्पन्न वडा ७ मन्सापुर  र २ लाैनिया बिच भएकाे दाेस्राे खेलमा वडा २ ले वडा ७ लाई ७ बिकेटले पराजित गरेकाे छ। टस जितेर वडा ७ ले ९ ओभर २ बलमा १० बिकेट गुमाएर ३२ रन बनाएका थिए। जसमा धिरज मण्डल र कृष्णा मण्डलले समान ८/८ रन बाहेक कसैले दाेहाेराे अंक पार गर्न सकेन।
बलिंग तर्फ वडा २ लाैनियाका रमानन्द मुखिया ५ बिकेट, नरबेश मण्डल ३ र शिव सुन्दर मण्डलले २ बिकेट लिएका थिए। जवाफमा वडा २ ले ११ ओभर ५ वलमा ३ बिकेट गुमाएर बिजयी भएका थिए।
धिरजनन्द मण्डल र भागवन्त मण्डलले ८/८ रन बनाएका थिए। खेलकाे प्लेयर अफ दि म्याच रमानन्द मुखिया घाेषित भएकाे प्रतियाेगिता संयाेजक ज्ञानेन्द्र यादबले जानकारी गराए।