रामनाथ यादव
राजविराज, ५ चैत ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ८ स्थित जनता माध्यमिक विद्यालय ताेपाका १० कक्षाका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम यादवकाे अध्यक्षामा तथा विद्यालयका प्रधानाध्यापक रमेश झाकाे प्रमुख आतिथ्यमा सोमबार आयाेजित एक समारोहका विच उनीहरुलाई विदाई गरिएकाे हाे ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक झाले शुभकानमा आदानप्रदान र विदाई कार्यक्रम आयोजना गरेकोमा कक्षा ९ का विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरे । उनले विद्यालय सञ्चालनको विविध गतिविधिमा केही कमि कमजोरी भएमा क्षमायाचन गरिदिन अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिए । उनले विद्यालयबाट औपचारिक पठनपाठनबाट बाहिरिएतापनि विद्यालय प्रतिको माया, मोह, प्रेम र सद्भाव सदैव कायम राख्न विद्यार्थीहरुलाई आग्रह गरे ।
प्रधानाध्यापक झाले आज यस विद्यालयबाट बाहिरिएका विद्यार्थीहरु भविष्यमा गौरव योग्य स्थान, पद, स्तर र प्रतिष्ठारुपी व्याक्तित्वको रुपमा देख्न पाउँ भनि मनोकांक्ष समेत व्यक्त गरे। एसईई परिक्षामा विद्यार्थीहरुले विशिष्ट स्थान हाँसिल गर्नेमा उनले विश्वास व्यक्त गरे । उनले मर्यादित ढंगबाट परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरे। परिक्षाको समयमा कुनै समस्या आइलागे आफू सहयोगको लागि तत्पर रहने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शिक्षकहरु ललिता झा, बबलु मण्डल अशाेक मण्डल ,राघव मण्डल , मालती सदा , पूर्व अध्यक्ष लक्ष्मी खंग, विद्यालय व्यवस्थापन समिति सदस्य दिलिप मण्डल लगायतलाई सम्मान गरिएको थियो । कक्षा १० को सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षक तथा कक्षा ९ का विद्यार्थीहरुले माला र टीका, खाँदा ओढाएर विदाई गरिएको थियो ।