• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गाउँपालिका कप क्रिकेट प्रतियोगितामा वडा ७ र ५ विजयी

गाउँपालिका कप क्रिकेट प्रतियोगितामा वडा ७ र ५ विजयी
न्यूज टुडे 
राजबिराज, ५ चैत ।  
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित बभनगमाकट्टीमा जारी गाउँपालिका स्तरीय क्रिकेट प्रतियाेगितामा वडा ७ र वडा ५ बिजयी भएको छ । मावि बभनगामाकट्टीको खेलमैदानमा साेमवार सम्पन्न पहिलाे खेलमा वडा ७ ले वडा ६ लाई ६८ रनले तथा दाेस्राे खेलमा वडा ५ ले वडा ८ लाई १ सय ४५ रनले पराजित गर्दै बिजयी भएका हाे।
पहिलाे खेलमा वडा ७ ले टस जितेर सबै बिकेट गुमाई १ सय १ सय १७ रनकाे याेगफल खडा गरेका थिए।
जसमा राजा मण्डलले २३, सन्त मण्डल १८ र धिरज मण्डल १३ रन बनाएका थिए। बलिंग तर्फ वडा ६ का मिथलेश मण्डल ४, ध्रुव यादब ३, बिक्रम यादब २ र सुमित साह १ बिकेट लिए ।
जवाफमा वडा ६ ले १७  ओभरमा ८ बिकेट गुमाएर ४९ रन मात्र बनाउन सकेका थिए। जसमा सुमित साह १६ र रूपेश सिँह १२ रन बनाए।बलिंग तर्फ वडा ८ का देवकृष्णनन्दन मण्डल ३ बिकेट र कृष्णा मण्डल २ बिकेट तथा राजकुमार मण्डल र दिपक मण्डल१/१ बिकेट लिए। खेलकाे प्लेयर अफ दि म्याच देवकृष्णनन्दन मण्डल घाेषित भएका थिए।
यसैगरी आजै सम्पन्न वडा ५ र ८ बिच भएकाे दाेस्राे खेलमा वडा ५ ले वडा ८ लाई १ सय ४५ रनले पराजित गर्दै बिजयी भएको छ । 
टस जितेर वडा ५ ले २० अाेभरमा दुई बिकेट गुमाई २ सय १४ रनकाे विशाल याेगफल खडा गरेका थिए। जसमा बिष्पाेटक ब्याटिंग गर्दै प्रकाश मण्डलले ९४ रन अविजित पारी खेलेका थिए। यसैगरी टिमका अन्य ब्याटर राजेश रजक ६१ रन र सुभाष शर्माले २९ रन जाेडे ।
प्रतिउतरमा वडा ८ ले १३ ओभर १ बलमा सबै बिकेट गुमाई ६९ रन मात्र बनाउन सकेका थिए। जसमा रमेश यादब २४ रन र गजेन्द्र यादबले १२ रन जाेडे।
उक्त अवसरमा तिलाठीकाेईलाडी गाउँपालिका वडा ६ का वडा अध्यक्ष राेशन सिँहले खेलमा प्लेयर अफ दि म्याचलाई कप बितरण गरेका थिए।
खेलकाे प्लेयर अफ दि म्याच प्रकाश मण्डल घाेषित भएकाे प्रतियाेगिता संयाेजक ज्ञानेन्द्र यादबले जानकारी दिए।